Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्याको आरोपमा दोषी ठहर गरेको हो। अदालतले उनलाई शवको अपमान गरेको र त्यसलाई लुकाएको अभियोगमा पनि दोषी पाएको छ। सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए। तर सरकारी वकिलले नरेशको भनाइलाई आधारहीन भन्दै अस्वीकार गर्न जुरीलाई आग्रह गरेका थिए। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले प्रतिवादीले ममताको हत्या गरी उनको शरीर टुक्रा-टुक्रा पारेर फोहोर फाल्ने ठाउँमा फालिदिएको बताएकी छिन्। सामीले भनिन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’ उनले थपिन्, ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँलाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ हराइरहेकी हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि हराएकी छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ।’ प्रथम श्रेणीको हत्याको कसुरमा भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक शव लुकाएको र अपवित्र पारेको प्रत्येक कसुरमा पाँच-पाँच वर्षसम्मको कैद सजाय हुन सक्छ। अदालतले मार्च महिनामा उनलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ। फैसला सुनाइँदा अदालत बाहिर भेला भएका ममताका साथी र स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका
Latest NewsJust now

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ४२ आवेदकमध्ये १६ जनाको संक्षिप्त सूची तयार भएपछि पर्यटन क्षेत्र तरंगित बनेको छ । देशको पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी रहेको यो संस्थामा... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
Latest NewsJust now

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको र भ्रमणको तयारीबारे दुवै देशबीच छलफल भइरहेको बताए । उनले भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने जानकारी दिए। नेपाल–भारत सम्बन्ध ...

कर्पोरट खबर
भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह
Latest NewsJust now

भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रमुख बजारमा भाइ मसला, सप्तरङ्गी टीका तथा सगुनका सामग्री खरिद गर्नेको चहलपहल बढेको छ। ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक र नयाँसडकका गल्लीदेखि स्थानीय किराना पसल तथा सुपरमार्केटसम्म तिहारका लागि किनमेल गर्ने दिदीबहिनीको बाक्लो उपस्थिति देखिन्छ। परम्परागत नाङ्लो र माना–पाथीदेखि आकर्षक उपहारका प्याकेटसम्म सजाइएका भाइ मसलाले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play