Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रमुख बजारमा भाइ मसला, सप्तरङ्गी टीका तथा सगुनका सामग्री खरिद गर्नेको चहलपहल बढेको छ। ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक र नयाँसडकका गल्लीदेखि स्थानीय किराना पसल तथा सुपरमार्केटसम्म तिहारका लागि किनमेल गर्ने दिदीबहिनीको बाक्लो उपस्थिति देखिन्छ। परम्परागत नाङ्लो र माना–पाथीदेखि आकर्षक उपहारका प्याकेटसम्म सजाइएका भाइ मसलाले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता र स्नेहलाई झल्काइरहेका छन्। काठमाडौंको असनमा रहेका मसला पसलमा किसमिस, छोकडा, काजु, बदामलगायतका सुक्खा फलफूलका लर्का झुन्ड्याइएको छ। पसलहरूमा सजाइएका भाइ मसलाका सामग्रीले बजारलाई रंगीन बनाएको छ। बिहानैदेखि बेलुकीसम्म दिदीबहिनी हातमा झोला बोकेर भाइटीकाका लागि आवश्यक सामग्री र आफूलाई मनपर्ने मसलाको छनोटमा व्यस्त देखिन्छन्। व्यापारीका अनुसार आयातित सुक्खा फलफूलको आपूर्ति सहज रहे पनि ढुवानी खर्चका कारण केही सामग्रीको मूल्यमा सामान्य वृद्धि भएको छ। मूल्यमा केही वृद्धि भए पनि भाइटीकाका लागि मसला खरिद गर्नेहरूको उत्साहमा भने कमी देखिँदैन। भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने मसलामा विभिन्न प्रकारका सुक्खा फलफूल, अन्न तथा अन्य सामग्री समावेश गरिन्छ। परम्परागत रूपमा यस्ता सामग्रीलाई स्वास्थ्य र पोषणसँग समेत जोडेर हेर्ने गरिएको छ। तिहार केवल बत्ती बाल्ने र देउसी–भैलो खेल्ने पर्व मात्र नभई पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा पनि लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मखमली माला, सप्तरङ्गी टीका तथा भाइ मसला दिएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्छन्। भाइ मसलाको किनमेल र सगुनको आदानप्रदानले तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै स्थानीय बजार र व्यापारलाई समेत चलायमान बनाउने गरेको छ। तिहारको यही सांस्कृतिक र पारिवारिक सन्दर्भमा असन, इन्द्रचोक, नयाँसडकलगायतका बजारमा देखिएको भाइ मसलाको चहलपहलले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजको मौलिक सांस्कृतिक परम्परालाई जीवन्त बनाएको छ। सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा भाइटीकाको मंगलमय शुभकामना। – न्युज एजेन्सी नेपाल तस्बिरहरू : अनुप प्रधान, न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?
Latest NewsJust now

भाइटीकाको सगुन भाइमसला पोषणको खजाना, के-के दिन्छ शरीरलाई ?

काठमाडाैं । भाइटीका भन्नासाथ निधारमा सप्तरङ्गी टीका, गलामा मखमली माला र हातमा भाइमसला । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सगुनका रूपमा भाइ मसला दिने परम्परा नेपाली समाजमा प्रचलित छ । मिठो स्वाद र आत्मीयताको प्रतीक मानिने भाइ मसला केवल चाडपर्वको उपहार मात्र होइन, पोषणका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । सामान्यतया भाइ मसलामा काजु, बदाम, ओखर, किसमिस, पेस्ता, नरिवल, छोकडा र मखानालगायतका सामग्री ...

केन्द्रबिन्दु
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
Latest NewsJust now

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ छ... ...

रातोपाटी
आज कस्तो रहला मौसम ?
Latest NewsJust now

आज कस्तो रहला मौसम ?

काठमाडौँ । हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र ...

केन्द्रबिन्दु
बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)
Latest NewsJust now

बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)

काठमाण्डु – भाइटीका पर्वका अवसरमा काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर भीड […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play