Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज कस्तो रहला मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कस्तो रहला मौसम ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने तराईका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उनले बताए । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्नेछ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ । रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोंचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी
Latest NewsJust now

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके । कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार... ...

रातोपाटी
के आधारमा दोषी ठहर भए नरेश भट्ट ?
Latest NewsJust now

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो। ...

कान्तिपुर
बालगोपालेस्वर मन्दिरमा भाइटीका लगाउनेको भिड (फोटोफिचर)
Latest NewsJust now

बालगोपालेस्वर मन्दिरमा भाइटीका लगाउनेको भिड (फोटोफिचर)

काठमाडौं, कात्तिक २५ गते। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि... ...

गोरखापत्र
ट्रम्पले बिबिसीविरुद्ध दायर गरेको मुद्दा अघि बढ्ने, पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग
Latest NewsJust now

ट्रम्पले बिबिसीविरुद्ध दायर गरेको मुद्दा अघि बढ्ने, पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play