Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ। उक्त निकायले अस्ट्रेलियामा सञ्चालन हुने सबै अग्रणी एआई कम्पनीहरूले निर्धारित सुरक्षा तथा साइबर सुरक्षासम्बन्धी मापदण्ड पालना गरे–नगरेको अनुगमन गर्नेछ। नयाँ व्यवस्थाअनुसार एआई कम्पनीहरूले आफ्ना मोडेलको स्वतन्त्र मूल्याङ्कन गराउनुपर्नेछ। साथै, एआई प्रणालीको विकासदेखि प्रयोगमा ल्याउने चरणसम्म आवश्यक सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेछ। कुनै पनि सुरक्षा जोखिम वा साइबर सुरक्षा घटना देखिएमा त्यसबारे तत्काल सरकारलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिनेछ। निर्धारित मापदण्ड पालना नगर्ने कम्पनीहरूमाथि नियामक निकायले उल्लेखनीय आर्थिक जरिवानासहित आवश्यक कानुनी कारबाही गर्न सक्ने व्यवस्था गरिनेछ। प्रधानमन्त्री अल्बानिजले एआई प्रविधिले अस्ट्रेलिया तथा विश्वका लागि दीर्घकालीन अवसर सिर्जना गर्न सक्ने उल्लेख गर्दै यसको विकास र प्रयोगलाई जिम्मेवार ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए। “हाम्रो जिम्मेवारी एआईले हामीलाई आफ्नो नियन्त्रणमा राख्ने अवस्था आउन नदिई हामीले नै एआईलाई सही दिशामा अघि बढाउनु हो,” उनले भने। यसैबीच, अस्ट्रेलिया सरकारले एआईसँग सम्बन्धित साइबर सुरक्षा घटनाको व्यवस्थापनबारे गरिएको द्रुत समीक्षाका १८ ओटा सिफारिस पनि सार्वजनिक गरेको छ। सरकारले गत सेप्टेम्बरमा उक्त समीक्षा सुरु गरेको थियो। ओपनएआईको एउटा मोडेलले गत जुन महिनामा अस्ट्रेलियाको सार्वभौमिक स्वास्थ्य सेवा प्रणाली मेडिकेयरसँग सम्बन्धित डेटा पोर्टलमा अनधिकृत पहुँच प्राप्त गरेको घटना सार्वजनिक भएपछि सरकारले समीक्षा प्रक्रिया अघि बढाएको थियो। उक्त समीक्षाले एआई कम्पनीहरूलाई प्रणालीको असंगत व्यवहार तथा साइबर सुरक्षा घटनाबारे सरकारलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ। साथै, नियामकीय दायित्वको गम्भीर उल्लङ्घन गर्ने कम्पनीहरूमाथि फौजदारी सजायको व्यवस्था गर्न पनि सिफारिस गरिएको छ। प्रधानमन्त्री अल्बानिजले समीक्षाबाट प्राप्त सबै १८ ओटा सिफारिस सरकारले स्वीकार गरेको जानकारी दिए। अस्ट्रेलिया सरकारको यस पहलले एआई प्रविधिको तीव्र विकाससँगै व्यक्तिगत विवरणको सुरक्षा, साइबर सुरक्षाको सुदृढीकरण तथा प्रविधि विकासकर्ता कम्पनीहरूको जवाफदेहितालाई प्राथमिकता दिएको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि अस्ट्रेलियामा सञ्चालन हुने एआई कम्पनीहरूले प्रविधिगत विकाससँगै सुरक्षा र जिम्मेवारीका विषयमा थप ध्यान दिनुपर्ने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा The post एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईको बढ्दो क्रेजले चीनको अर्थतन्त्रलाई ठूलो फाइदा, व्यापार बचत १० खर्ब डलर पार
TechnologyJust now

एआईको बढ्दो क्रेजले चीनको अर्थतन्त्रलाई ठूलो फाइदा, व्यापार बचत १० खर्ब डलर पार

काठमाडौं । विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार निर्माणमा लगानी बढेसँगै चीनको निर्यात व्यापारले नयाँ गति लिएको छ । चालु वर्षको पहिलो १० महिनामै चीनको व्यापार बचत १० खर्ब अमेरिकी डलर नाघेको छ । सेमिकन्डक्टर र उच्च प्रविधिजन्य वस्तुको माग बढ्दा चीनले यो उपलब्धि अघिल्लो वर्षभन्दा एक महिना अगावै हासिल गरेको हो ।चीनको भन्सार प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ ...

आइसिटी समाचार
विवाहेत्तर सम्बन्धदेखि जासुसीको आरोपसम्म, एनभिडिया प्रमुख जेन्सेन ह्वाङ किन विवादमा ?
TechnologyJust now

विवाहेत्तर सम्बन्धदेखि जासुसीको आरोपसम्म, एनभिडिया प्रमुख जेन्सेन ह्वाङ किन विवादमा ?

काठमाडौं । चीनको वित्तीय क्षेत्रमा करिअर सुरु गरेकी एलिस ह्वाङ अहिले विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडिया र अमेरिकी गुप्तचर अनुसन्धानसँग जोडिएर चर्चामा आएकी छन् ।चिनियाँ गुप्तचर संयन्त्रसँग सम्बन्ध रहेको आशंकामा अमेरिकी अधिकारीहरूले उनीमाथि अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएपछि एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँगको उनको सम्बन्ध पनि विवादको विषय बनेको छ ।चिनियाँ नाम ह्वाङ लेबाट समेत चिनिने एलिसले सांघाईको लगानी व्यवस्थापन क्षेत्रमा ...

आइसिटी समाचार
सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड
TechnologyJust now

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन कतारको दोहामा रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटवार्तामा नेपाल र मलेसियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार, डिजिटल साक्षरता तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। भेटका क्रममा मलेसियाली मन्त्रीले आफ्नो देशका डिजिटल ...

टेक्नोलोजी खबर
अमेरिकामा डाटा सेन्टर निर्माण खर्च र वित्तीय लागत बढ्दा सफ्टबैंकलाई त्रैमासिक ७ अर्ब डलर घाटा
TechnologyJust now

अमेरिकामा डाटा सेन्टर निर्माण खर्च र वित्तीय लागत बढ्दा सफ्टबैंकलाई त्रैमासिक ७ अर्ब डलर घाटा

जापानी प्रविधि लगानी कम्पनी सफ्टबैंक ग्रुपले अमेरिकामा डाटा सेन्टर निर्माणको उच्च लागत र वित्तीय भुक्तानी बढेका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ७ अर्ब डलर खुद घाटा व्यहोरेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा यस्तो घाटा भएको हो। यो नतिजाले कम्पनीका संस्थापक मासायोशी सनले डाटा सेन्टरमा गरेको ठूलो लगानी र च्याटजीपीटी निर्माता ओपनएआईको १३ प्रतिशत सेयर खरिदका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play