Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड
Photo / Coverage: टेक्नोलोजी खबर

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन कतारको दोहामा रहेका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ। सौहार्दपूर्ण वातावरणमा सम्पन्न भेटवार्तामा नेपाल र मलेसियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार, डिजिटल साक्षरता तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। भेटका क्रममा मलेसियाली मन्त्रीले आफ्नो देशका डिजिटल क्षेत्रका प्राथमिकताबारे जानकारी गराएका थिए। उनले फाइभजी तथा स्याटेलाइट सञ्चार प्रविधि, डिजिटल विश्वास र व्यक्तिगत डाटाको संरक्षण, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, युवा जनशक्ति विकास, विद्युतीय व्यापार तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनलाई मलेसियाले प्राथमिकतामा राखेको उल्लेख गरेका थिए। भेटवार्तामा मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै दूरसञ्चार सेवाको पहुँच विस्तार, डिजिटल सेवाको सुदृढीकरण तथा सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका थिए। उनले डिजिटल साक्षरता, क्षमता विकास, डिजिटल विश्वास र सुलभ दूरसञ्चार सेवा जस्ता मलेसियाका प्राथमिकताहरू नेपालको राष्ट्रिय प्राथमिकतासँगसमेत मेल खाने उल्लेख गरे। मन्त्री तिमिल्सिनाले यी क्षेत्रमा अनुभव आदानप्रदान, प्राविधिक तथा संस्थागत क्षमता विकास र जनस्तरको सम्पर्क तथा सहकार्य विस्तार गर्ने सम्भावनाबारे नेपाल सकारात्मक रहेको बताए। भेटका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल र मलेसियाबीचको लामो समयदेखिको मित्रता तथा जनस्तरमा विकसित घनिष्ठ सम्बन्धको स्मरण गरे। उनले मलेसियामा नेपाली नागरिकका लागि उपलब्ध रोजगारी तथा अन्य अवसरहरूको प्रशंसा गर्दै त्यहाँ कार्यरत नेपालीहरूले मलेसियाको अर्थतन्त्र र समाजमा पुर्‍याएको योगदानको उल्लेख गरे। साथै, नेपाली नागरिकप्रति मलेसिया सरकार र त्यहाँका जनताले देखाएको आतिथ्य तथा सद्भावका लागि आभार व्यक्त गरे। भेटवार्तामा सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू तथा मलेसियाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। भेटवार्ताको अन्त्यमा दुवै पक्षले डिजिटल कनेक्टिभिटी, क्षमता विकास र डिजिटल विश्वासका क्षेत्रमा सहकार्यका ठोस सम्भावनाहरू पहिचान गर्दै आगामी दिनमा संवाद र समन्वयलाई निरन्तरता दिने सहमति जनाएका छन्। मन्त्री तिमिल्सिनाले मलेसियाली मन्त्री तथा प्रतिनिधिमण्डललाई रचनात्मक छलफलका लागि धन्यवाद दिँदै मलेसियासँगको मैत्रीपूर्ण सम्बन्ध र डिजिटल क्षेत्रमा साझेदारीलाई थप सुदृढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको पुनः पुष्टि गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। The post सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच द्विपक्षीय भेटवार्ता, डिजिटल रूपान्तरण र दूरसञ्चार सहकार्य विस्तारमा जोड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड
TechnologyJust now

नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड

काठमाडौं । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा ५जी तथा स्याटेलाइट सञ्चार, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, डाटा प्रोटेक्सन, डिजिटल सुरक्षा र युवा जनशक्ति विकास लगायत विषयमा अनुभव आदानप्रदान तथा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल ...

आइसिटी समाचार
डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो
TechnologyJust now

डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो

सिन्धुपाल्चोक । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसीभैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य ...

आइसिटी समाचार
एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा
TechnologyJust now

एआईबाट सीईओ र वकिलकै नक्कली आवाज बनाएर १२ करोड ९० लाख डलर ठगी, तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको दुरुपयोग गर्दै विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली आवाज तथा अनुहार बनाएर करोडौँ डलर ठगी गरेको आरोपमा अमेरिकामा तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उनीहरूले १८ महिनाभन्दा बढी समय लगाएर विश्वभरका हजारौँ कम्पनीलाई निशाना बनाउँदै करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेका थिए । अभियुक्तहरूमाथि विद्युतीय ...

आइसिटी समाचार
विद्यार्थीलाई प्रविधि सिकाउन गाउँले एकजुट, देउसीभैलोबाट संकलन गरे एक लाख
TechnologyJust now

विद्यार्थीलाई प्रविधि सिकाउन गाउँले एकजुट, देउसीभैलोबाट संकलन गरे एक लाख

भोजपुर । ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी शिक्षा उपलब्ध गराउने उद्देश्यले भोजपुरको अरुण गाउँपालिका ७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । कक्षा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयले देउसीभैलो अभियान सञ्चालन गरेका हुन् ।विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीलाई कम्प्युटर तथा आधुनिक सूचना प्रविधिको ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित स्थानीयवासी, अभिभावक र विभिन्न क्षेत्रका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play