Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ममता काफ्लेको हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता काफ्लेको हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
Photo / Coverage: पर्दाफास

अमेरिका बस्ने नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको हो । प्रिन्स विलियम काउन्टीको अदालतमा सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ । त्यति बेलासम्म भट्ट हिरासतमै रहनेछन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे । सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो । व्यवसाय राम्रै चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए । अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले पुगेका उनी एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए । पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए । सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन् । करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए । ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो । जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन । सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो । त्यसबेला नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए । तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)
OthersJust now

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन गरेको हो। नगरपालिकाले सार्वजनिक गरेको विवरणमा कुनै व्यक्तिको नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगाना विदुर नगरपालिकाबाहेक अन्यत्र भएको भए त्यसलाई… ...

अनलाइन खबर
राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन
OthersJust now

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने अभियानमा जुटेका छन् । गाउँ फर्किएर आफ्नै गाउँको माटोमा नवीन कामको सुरुवात गरेका छन् । वि.सं. २०५० मा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जन्मिएका सुदिन पौडेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको… ...

अनलाइन खबर
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर
OthersJust now

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा… ...

अनलाइन खबर
धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
OthersJust now

धादिङमा दूध ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

२५ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- बेल्खुमा गएराति दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका–६ का ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याङ्कर र चालक नुवाकोटको बेलकोटगढी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play