Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
Photo / Coverage: टेक्नोलोजी खबर

एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो। कम्पनीका अनुसार, यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुने छ। उत्कृष्ट ५ छनौटका लागि मंसिर ५ र ६ ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो। अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए। ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि–इभेन्टलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा प्रसारण हुनेछ। स्टार्टअप आइसिटी अवार्ड २०२६ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा एक्सेलेरेटेड कम्प्युटिङ प्राइभेट लिमिटेड, गरुडएक्स मल्टिपर्पज प्राइभेट लिमिटेड, गोमाइगो बुकिङ्स प्राइभेट लिमिटेड, लुमिनो टेक्नोलोजी प्राइभेट लिमिटेड र योद्धा ल्याब प्राइभेट लिमिटेडरहेका छन्। यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२६ विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा पर्न सफल भएका छन्। त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ विधाका उत्कृष्ट ५ मा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई रहेको कम्पनीले जानकारि दिएको छ। साथै सोसल इन्नोभेसन विधामा बरबर्दिया एग्रो–मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न उत्कृष्ट ५ मा परेका छन्। आइसिटी अवार्ड २०२६ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो। यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृस्ट १५ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो। सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत मंसिर ३ र ४ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए। उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक भोटिङ सुरू भएको छ। ‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन, फिल्ड भिजिट र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ। साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा सहभागी हुन पाउने छन्। यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ। सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ। The post आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट
TechnologyJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकको गुनासो छिटो समाधान गर्ने र समयमा समाधान नभए क्षतिपूर्ति दिने गरी ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। सेवा अन्तर्गत कम्पनीले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाई-फाई’ र ‘टाइम ब्याक’ नामका तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। कम्पनीका अनुसार इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गर्न यी ...

टेक्नोलोजी खबर
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क
TechnologyJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई केन्द्रमा राख्दै ‘ढुक्कको कनेक्सन’ सेवा तथा अभियान सुरू गरेको जनाएको छ ।सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने उद्देश्यसहित कम्पनीले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ’ (Free WorldLink Wi-Fi) र ‘टाइम ब्याक’ (Time Back) गरी तीन प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको हो ।कम्पनीले अघि सारेको पहिलो प्रतिबद्धता ‘तुरुन्तै’ अन्तर्गत इन्टरन ...

आइसिटी समाचार
अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने
TechnologyJust now

अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि आवाजसहितका एनिमेटेड स्टिकर बनाउने र पठाउने सुविधा विस्तार गर्न थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो, अडियो प्रभाव, गीत वा आफ्नै आवाज समावेश गरेर आकर्षक स्टिकर तयार पार्न सक्नेछन् ।यो फिचर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको थियो । त्यसबेला परीक्षणकै चरणमा रहेको यो सुविधा अहिले ह्वाट्सएपको संस्करण २.२६.४७.१ मार्फत ...

आइसिटी समाचार
एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा
TechnologyJust now

एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा

काठमाडौं । एक्सले आफ्नो एन्ड्रोइड एपमा पोस्ट सेड्युल गर्ने सुविधा थप गरेको छ । यसअघि यो सुविधा एक्सको वेबसाइट र आईओएस एपमा मात्र उपलब्ध थियो । यो सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा स्वत: प्रकाशित हुने गरी पोस्ट तयार गरेर सेड्युल गर्न सक्नेछन् ।पोस्टमा तस्बिर तथा भिडियो समेत समावेश गर्न सकिनेछ । साथै, १८ महिनासम्म अगाडिको मिति र समय ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement