काठमाडौं । रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ले प्रदर्शनको २४ दिनमै विश्वभरबाट १ हजार ८ सय करोड भारुभन्दा बढी कमाइ गरेको छ। फिल्मले घरेलु बक्स अफिसमा पनि लगातार राम्रो प्रदर्शन गरिरहेको छ। चौथो साताको अन्तिमतिर फिल्मको कमाइमा वृद्धि देखिएको छ। सैकनिल्कको रिपोर्टअनुसार फिल्मले प्रदर्शनको २४औँ दिन भारतमा १४ करोड ६५ लाख भारु कमाएको छ। उक्त दिन फिल्मको अकुपेन्सी ३६.२ प्रतिशत रहेको थियो भने देशभर ७ हजार २८ वटा शो सञ्चालन भएका थिए। फिल्मले भारतमा अहिलेसम्म १ हजार १५ करोड २० लाख भारु नेट कलेक्सन गरेको छ। यसको भारतीय ग्रस कलेक्सन भने १ हजार २ सय १२ करोड ५५ लाख भारु पुगेको छ। भाषागत कमाइतर्फ हिन्दीमा ९ करोड ५० लाख, तमिलमा १ करोड ९० लाख, मलयालममा १ करोड ६० लाख, कन्नडमा १ करोड ४० लाख र तेलुगुमा २५ लाख भारु कमाएको रिपोर्टमा उल्लेख छ। विश्वव्यापी रूपमा फिल्मको कमाइ १ हजार ८ सय १४ करोड ५५ लाख भारु पुगेको छ। फिल्मको अभिनय र भिएफएक्सको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। यही कारण फिल्मले प्रदर्शनको चौथो सातामा पनि दर्शकको साथ पाइरहेको बताइएको छ। यसैबीच, ‘रामायण’को दोस्रो भागको प्रदर्शन मिति सन् २०२८ का लागि तय गरिएको छ। यसअघि सन् २०२७ मा प्रदर्शन गर्ने तयारी भए पनि पछि सारिएको हो। दोस्रो भागमा सनी देओल र राघव जुयाल पनि मुख्य भूमिकामा देखिनेछन्। उक्त भागमा रावण वधको कथा प्रस्तुत गरिने बताइएको छ।
‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ८ सय करोड नाघ्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






