अस्थायी आवासमै दसैं

मकवानपुर।लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन्। यहाँस्थित गरगरे बस्तीका आठ वटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो। पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि स्थानीय तहबाट जिल्लामा सिफारिससहित अनुरोध गरिए पनि दसैं अघि बस्ती स्थानान्तरण हुन नसकेपछि प्रभावितहरूले अस्थायी आवासमा दसैं मनाएको वकैंया –६ का वडाध्यक्ष फूलमान भोम्जनले बताए। गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको र दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ ठाउँमा जमिन चिराचिरा परेको जानकारी दिए। जमिन चिरा परेको सूचना प्राप्त हुने बित्तिकै यहाँका स्थानीयलाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको बताउँदै उनले प्रभावितका लागि तत्काललाई आवश्यक टेन्ट लगायतका सामाग्रीहरू उपलब्ध गराइएको बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क
विशेषगरी वसन्तपुर र हनुमानढोका क्षेत्रमा मानिसहरू एकअर्कालाई ठेल्दै हिँड्नुपर्ने अवस्था थियो। ...

भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल ...

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड ...

विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने
नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड ...


