Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

बागलुङ।बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन्। पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन्। बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी, गलकोट नगरपालिकाअन्तर्गत पर्ने दरमखोला, बडिगाड गाउँपालिकाअन्तर्गत पर्ने बडिगाड खोला र ढोरपाटन नगरपालिकाअन्तर्गत पर्ने विभिन्न खोलाबाट अवैध रूपमा उत्खनन् गरिएको ढुङ्गा, गिटी र बालुवा लोड गरिएका टिपर, ट्याक्टर, स्काभेटर, डोजर र जेसिबी कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालले बताए। प्रहरीले नियन्त्रणमा लिएर पठाएका दोहनमा संलग्न सवारीसाधनलाई स्थानीय तहले निश्चित राजस्व लिएर छोड्ने गरेका छन्। नियन्त्रणमा लिएका सवारीसाधनलाई दोहनबाट भएको क्षतिको अनुमान गरेर स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम जरिवाना गर्ने गरिन्छ। आव २०८०/८१ मा बागलुङ नगरपालिकाअन्तर्गत सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चार वटा सवारी कारबाहीमा परेका छन्। कारबाहीमा परेका ती सवारीसाधनबाट तीन वटा स्थानीय तहले एक लाख ५७ हजार २८० राजस्व प्राप्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play