Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

अन्य प्रधानमन्त्रीले बालेनले जस्तै भारतमा सहमति गरेर आएका भए पुत्ला जल्थ्यो : योगेश भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्य प्रधानमन्त्रीले बालेनले जस्तै भारतमा सहमति गरेर आएका भए पुत्ला जल्थ्यो : योगेश भट्टराई
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनता बढी प्रतिद्वन्द्वी रहेको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री शाहको कार्यशैली र सार्वजनिक संवादप्रतिको दूरीमाथि प्रश्न उठाउनुभएको हो। भट्टराईले प्रधानमन्त्री शाह कसैसँग संवाद नगर्ने, अन्तरक्रिया नगर्ने र आफ्ना धारणा सार्वजनिक रूपमा नराख्ने प्रवृत्तिमा देखिएको बताउँदै उहाँको मौनतालाई जासुसी उपन्यासको अदृश्य पात्रसँग तुलना गर्नुभयो। प्रधानमन्त्रीको यस्तो शैलीले सार्वजनिक प्रश्न र आलोचनालाई थप जन्माएको उहाँको भनाइ थियो। प्रधानमन्त्री शाहको भारत भ्रमण तथा त्यहाँ भएका सहमतिप्रति विगतका प्रधानमन्त्रीको भ्रमणको तुलनामा फरक प्रतिक्रिया आएको भन्दै भट्टराईले आश्चर्य व्यक्त गर्नुभयो। विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गरेर यस्तै प्रकृतिका सम्झौता गर्दा चर्को विरोध हुने गरेको स्मरण गराउँदै उहाँले यसपटक भने बुद्धिजीवीहरूले प्रशंसा गरेको भन्दै प्रश्न उठाउनुभयो। उहाँले भन्नुभयो, ‘अन्य प्रधानमन्त्रीले भारतमा यस्तै सहमति गरेर आएका भए अहिले देशमा उनीहरूको पुत्ला जलिसकेको हुन्थ्यो। तर अहिले टुनामुना भएजस्तो देखिएको छ।’ यस्तो अवस्था सधैँ कायम नरहने टिप्पणी गर्दै भट्टराईले भन्नुभयो, ‘सधैँ यस्तो टुनामुना त चल्दैन नि ! नक्कली जोगीले एक–दुई दिन ठग्छ, तर तेस्रो दिन प्रकट हुन्छ।’ यसैगरी, उहाँले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगबाट भएका छानबिनले घटनाको पूर्ण सत्यतथ्य बाहिर ल्याउन नसकेको उहाँको धारणा थियो। उहाँले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गरी दुवै दिनका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो। ‘सिंहदरबार किन जलाइयो ? संसद् भवन किन जलाइयो ? अरू संरचना किन जलाइए ? अपराधी को हुन् ? दूधको दूध, पानीको पानी छुट्याउनुपर्छ,’ भट्टराईले भन्नुभयो, ‘२३ गते गोली हान्ने को हो, त्यो पनि छुट्याउनुपर्छ। २३ गतेको घटनालाई देखाएर हामीलाई तर्साउने अनि हामी तर्सिने भन्ने हुँदैन।’ उहाँले भदौ २४ गतेका घटनामा संलग्नलाई कारबाहीको माग गर्दा भदौ २३ गते भएका घटनालाई पनि उत्तिकै गम्भीरताका साथ हेर्नुपर्नेमा जोड दिनुभयो। तत्कालीन समयमा एमाले नेतृत्वको सरकारसमेत रहेको स्मरण गराउँदै उहाँले आफ्नो पार्टीले पनि त्यस दिन भएका कमजोरीको जिम्मेवारी लिनुपर्ने स्पष्ट पार्नुभयो। ‘२३ गतेका कमजोरीमा हामी पन्छिने र २४ गतेलाई मात्रै औँला ठड्याउने हो भने हाम्रो दबाब पुग्दैन,’ उहाँले भन्नुभयो, ‘यदि २४ गतेका अपराधीलाई राज्यद्रोही र देशद्रोही हुन् भन्दै कारबाही गर्नुपर्छ भन्ने हो भने २३ गतेको पनि निष्पक्ष छानबिन गर।’ भदौ २३ गते बानेश्वरमा भएको गोलीकाण्डमा विद्यार्थीको ज्यान गएको घटनालाई स्मरण गर्दै उहाँले त्यसको जवाफ जनताले खोजिरहेको बताउनुभयो। उहाँका अनुसार आगामी निर्वाचनमा समेत उक्त घटनाले एमालेलाई प्रश्नको घेरामा पार्न सक्नेछ। ‘किन २४ जना विद्यार्थी मरे ? किन बानेश्वरको चोकमा २४ जना बालकको रगत बग्यो ? यसको जवाफ हामीले दिनुपर्छ,’ उहाँले भन्नुभयो। भट्टराईले पार्टीले विगतका कमजोरी स्वीकार गर्नुपर्ने र आवश्यक परे आत्मालोचना गर्दै पीडित परिवारसँग माफी माग्नसमेत तयार हुनुपर्ने धारणा राख्नुभयो। ‘हाम्रा कमजोरी रहेछन् भने स्वीकारौँ, आत्मालोचना गरौँ र माफी मागौँ। उनीहरूका परिवारमा गएर खुट्टा ढोगौँ,’ उहाँले भन्नुभयो। यसैबीच, उपमहासचिव भट्टराईले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीभित्रको गुटबन्दीलाई प्राथमिकता दिन नहुने बताउनुभएको छ। पार्टी सदस्यको विवेक, स्थानीय राजनीतिक तथा सामाजिक अवस्था र तल्लो तहबाट आउने सिफारिसका आधारमा उम्मेदवार चयन गर्नुपर्ने उहाँको धारणा थियो। उहाँले स्थानीय तहको वास्तविक अवस्था बुझेर योग्य र जनतामाझ स्वीकार्य व्यक्तिलाई उम्मेदवार बनाउने विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने
PoliticsJust now

रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको... ...

सिंहदरबार न्युज
‘रास्वपाका लागि स्थानीय तह निर्वाचनको नतिजा महत्वपूर्ण छ’
PoliticsJust now

‘रास्वपाका लागि स्थानीय तह निर्वाचनको नतिजा महत्वपूर्ण छ’

प्रकाश नेपालइलाम, मङ्सिर १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मिलन लिम्बुले आगामी स्थानीय तहको निर्वाचन पार्टीका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । उह... ...

गोरखापत्र
पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन
PoliticsJust now

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताए । पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने ...

फरकधार
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य
PoliticsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित बाँकी निर्माण र व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले फ्लडलाइट जडान, दर्शक सिट र फर्निसिङको लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement