Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

बेइजिङ । विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ । यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ । कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् । तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा छ । उद्योगको वास्तविक सफलता लगानीबाट प्राप्त हुने नाफाले मात्र होइन, नयाँ प्रविधिको विकास र त्यसले मानिसको दैनिक जीवन तथा उत्पादन क्षेत्रमा पुर्‍याउने योगदानबाट पनि मापन गर्नुपर्ने उनीहरूको भनाइ छ । चीनको एआई क्षेत्रका पछिल्ला तथ्याङ्कले यस उद्योगमा निरन्तर विकास भइरहेको देखाउँछन्। सन् २०२५ मा चीनको मुख्य एआई उद्योगको कुल मूल्य १२ खर्ब युआन ९करिब १७९ अर्ब अमेरिकी डलर० पुगेको थियो । यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत बढी हो। यस क्षेत्रमा काम गर्ने कम्पनीको संख्या पनि ६ हजार २०० नाघेको छ । चीनमा एआई प्रविधि प्रयोगशालाबाट बाहिर निस्केर उद्योग, कारखाना, यातायात, ऊर्जा प्रणाली र अस्पतालसम्म पुग्न थालेको छ। सरकारी तथ्याङ्कअनुसार ठूला औद्योगिक कम्पनीमध्ये ३० प्रतिशतभन्दा बढीले एआई प्रयोग गरिरहेका छन् । आधुनिक स्मार्ट कारखानामा उत्पादनसम्बन्धी ७० प्रतिशतभन्दा बढी काममा एआई प्रविधि समावेश गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको सेप्टेम्बरमा सार्वजनिक अध्ययनअनुसार चीनका कम्पनीमा एआई प्रयोग गर्दा मुख्य कामको कार्यक्षमता ३० देखि १०० प्रतिशतसम्म बढेको पाइएको छ । स्मार्ट उत्पादन क्षेत्रमा भने कार्यक्षमता २० देखि ३० प्रतिशतसम्म सुधार भएको छ । चिनियाँ एआई प्रविधिको प्रयोग अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको छ। विश्वव्यापी एआई प्लेटफर्म ओपनराउटरका अनुसार नोभेम्बर ९ देखि १५ सम्म चिनियाँ एआई मोडलको साप्ताहिक प्रयोग ११९.१ ट्रिलियन टोकन पुगेको थियो । यससँगै चीन लगातार २९औँ हप्ता विश्वको पहिलो स्थानमा रहेको छ । खुला स्रोतमा आधारित चिनियाँ एआई मोडलले विश्वका विभिन्न कम्पनीलाई कम लागतमा प्रविधि प्रयोग गर्ने अवसर दिएको छ । यद्यपि, चीनको एआई विकासमा केही चुनौती पनि छन् । पश्चिमी देशहरूले लगाएका प्रविधिसम्बन्धी प्रतिबन्धका कारण चिनियाँ कम्पनीलाई अत्याधुनिक एआई चिप, सेमिकन्डक्टर उत्पादन उपकरण र अन्य प्रविधि प्राप्त गर्न कठिन भएको छ । उन्नत चिप र कम्प्युटिङ पूर्वाधारमा चीनले अझै सुधार गर्नुपर्ने अवस्था छ । यसका बाबजुद चीनले एआईलाई आफ्नो दीर्घकालीन विकासको प्राथमिकतामा राखेको छ। सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजनामा एआई प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने र विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा यसको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको छ । चीनले सन् २०३० को अन्त्यसम्म एआईसम्बन्धी उद्योगको आकार १०० खर्ब युआनभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको छ। देशको ठूलो बजार, औद्योगिक संरचना, ऊर्जा आपूर्ति र प्रविधिको प्रयोगका विभिन्न अवसरलाई यस लक्ष्यको आधार मानिएको छ । चीनले विश्वको करिब एकतिहाइ विद्युत् उत्पादन गर्ने र नवीकरणीय ऊर्जाको ठूलो प्रणाली विकास गरेको तथ्यलाई पनि एआई उद्योग विस्तारका लागि महत्त्वपूर्ण आधार मानिएको छ । राष्ट्रिय तथ्याङ्कअनुसार सन् २०२५ को अन्त्यसम्म चीनको इन्टेलिजेन्ट कम्प्युटिङ क्षमता १५ लाख ९० हजार पीएफएलओपीएस पुगेको थियो। यस आधारमा चीन विश्वमा दोस्रो स्थानमा रहेको छ । विश्लेषणअनुसार एआई उद्योगको भविष्य छोटो समयको बजार उतारचढावले मात्र निर्धारण गर्दैन। निरन्तर अनुसन्धान, नयाँ प्रविधिको विकास र वास्तविक जीवनमा यसको उपयोगले नै यस क्षेत्रको दीर्घकालीन सफलता तय गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
Latest NewsJust now

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्री रावलले शुक्रबार राजविराज... ...

रातोपाटी
फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?
Latest NewsJust now

फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?

बीसौँ शताब्दीको सुरुवाती जर्मनी र इटालीमा समाजवादी, यहुदी र रोमा समुदायका मानिसहरूलाई आतंकित पारिरहेका बेला पनि फासीवादीहरूले आफ्नो जनाधारमा रहेका मजदुर र मध्यमवर्गीय मानिसहरूलाई सामाजिक सुरक्षा, रोजगारीका सुविधा, आवास कार्यक्रम,... ...

रातोपाटी
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Latest NewsJust now

गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले... ...

रातोपाटी
पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक
Latest NewsJust now

पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण गरिएको छ । दीपकप्रकाश बास्कोटा फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवसहितले पुस्तक सार्वजनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement