अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो’ [भिडियो]
![अनमोल केसी स्टारर ‘अल्लारे ठिटो आयो’ [भिडियो]](https://kendrabindu.com/wp-content/uploads/2026/10/batulo-joon-song13.jpeg)
काठमाडौं। यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे ठिटो आयो’ बोलको गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्रि देख्न सकिन्छ । निर्माण टिमले नजिकिँदो तिहार पर्व र त्यसको आकर्षक पक्ष देउसी भैलोलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको बताएको छ । गीतमा अडियोतर्फ रुबै र प्रविण बेडुवालको स्वर छ भने संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् । गीतमा पञ्चेबाजा,सारङ्गी, गीतार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको छ । भुवन केसीको निर्देशन र सनराइज पिक्चर्स प्रालीको ब्यानरमा तयार भएको ‘बाटुलो जून’ ३० देखि ४० दशकको नेपाली परिवेशमा आधारित प्रेम कथानक चलचित्र हो । यो चलचित्रमार्फत एक आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालिन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले बताएको छ । ‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने चलचित्र मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसीले बताउँदै आएका छन् । केसी तत्कालिन समयका लोकप्रिय अभिनेता हुन् । यो चलचित्रमा निर्देशक केसी स्वयंम महत्वपूर्ण भूमिकामा छन् । चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत समावेश छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । सह- निर्मातामा विवेक थापा छन् । यो चलचित्रबाट लामो समयपछि अभिनेत्री गरिमा पन्तले अभिनयमा पुनरागमन गरेकी छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने निर्णय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुदूरपश्चिम रोयल्ससँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। ...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन ...

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री
काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना ...

एनपीएल उद्घाटन खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल ५ बजे सुरु हुँदै छ। ...


