Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

10/26/2026, 4:42:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा

काठमाडाैँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भारतका विभिन्न शहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी छन् । उनीहरूलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रमसहित स्वागत गरिएको थियो । व्यवसायीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराउने र सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम छ । आयोजक संस्था गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रबारे फैलिएको नकारात्मक सन्देश चिर्न यो कार्यक्रम आयोजना गरिएको बताए । भोटेकोशी विपद्पछि नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा विदेशी पर्यटकको आगमन प्रभावित भएको उनको भनाइ छ । नेपालका केही क्षेत्रमा मात्रै बाढीपहिरोका कारण क्षति पुगेको भएपनि समग्र देश नै प्रभावित भएको सन्देश फैलिएपनि त्यसलाई चिर्न पर्यटन प्रवद्र्धनको कार्यक्रम संचालन गरिएको उनले बताए । उनकाअनुसार केही ट्रेकिङ मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको छ । नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन कार्यक्रमले सहयोग गर्नेछ ।कार्यक्रममा विशेषगरी बुद्ध सर्किट, थारू संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय सुविधा र होटललाई प्रवद्र्धन गरिने उनले जानकारी दिए । कार्यक्रममा भारतीय पर्यटकलाई लुम्बिनी तथा चितवनबाट पोखरा र काठमाडौंसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि पर्यटन व्यवसायीबीच छलफल गरिनेछ । सापकोटाकाअनुसार गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । भारतबाट ठूलो संख्यामा पर्यटक तेस्रो मुलुक भ्रमणमा जाने भएपनि नेपालले त्यसको सम्भावनाअनुसार पर्यटक आकर्षित गर्न नसकेको उनको भनाइ छ । कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ । नेपाललाई सुरक्षित र स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कार्यक्रमले सहयोग पु¥याउने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागी नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल (हान) र पाटालगायतका संस्थाले सहयोग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने
ताजा खबरJust now

देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने

बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशमा भोलिदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीले कात्तिक ३० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तय गरेको कार्य तालिकाअनुसार भोलि... ...

रातोपाटी
एनपीएल : सुदूरपश्चिमको पहिलो विकेट गयो, ९ रन बनाएर विनोद आउट
ताजा खबरJust now

एनपीएल : सुदूरपश्चिमको पहिलो विकेट गयो, ९ रन बनाएर विनोद आउट

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। लुम्बिनी लायन्सका बलर शेर मल्लको बलमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी आउट भएका हुन्। उनले ८ बलमा ९ रन बनाएर पेभिलियन फर्किए। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम पहिलो विकेट गुमाउँदै दबाबमा परेको छ। ...

केन्द्रबिन्दु
सुदूरपश्चिमले गुमायो पहिलो विकेट
ताजा खबरJust now

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

नेपाल प्रिमियर लिग ३ को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।  सुदूरका ओपनर विनोद भण्डारी ८ बलमा ९ रन बनाएर आउट भएका हुन्।  लुम्बिनी लायन्सका शेर मल्लले भण्डारीलाई एलबीडब्लु धरापमा पारेका हुन्।  ...

नेपालखबर
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
ताजा खबरJust now

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play