खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उनले सन्देशमा भनेका छन्। खेलकुद युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने उनले विश्वास व्यक्त गरे। एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा गर्दै उनले सन्देशमा, “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्”, भनेका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई उनले शुभकामना व्यक्त गरेका छन्। नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

देउवा पक्षले भोलिदेखि लुम्बिनीमा जिल्ला अधिवेशन गर्ने
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षले लुम्बिनी प्रदेशमा भोलिदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । पार्टीले कात्तिक ३० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तय गरेको कार्य तालिकाअनुसार भोलि... ...

एनपीएल : सुदूरपश्चिमको पहिलो विकेट गयो, ९ रन बनाएर विनोद आउट
काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। लुम्बिनी लायन्सका बलर शेर मल्लको बलमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी आउट भएका हुन्। उनले ८ बलमा ९ रन बनाएर पेभिलियन फर्किए। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम पहिलो विकेट गुमाउँदै दबाबमा परेको छ। ...

सुदूरपश्चिमले गुमायो पहिलो विकेट
नेपाल प्रिमियर लिग ३ को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। सुदूरका ओपनर विनोद भण्डारी ८ बलमा ९ रन बनाएर आउट भएका हुन्। लुम्बिनी लायन्सका शेर मल्लले भण्डारीलाई एलबीडब्लु धरापमा पारेका हुन्। ...

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित ...


