अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ ।

ओलीले तामाङको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा उहाँले पुर्याएको योगदान स्मरणीय रहने बताउनु भएकाे छ ।

तामाङ नेकपा (एमाले) रसुवाका संस्थापक सदस्य तथा पूर्व जिल्ला कमिटी अध्यक्षसमेत हुनुहुन्थ्याे। उहाँले पार्टी र जिल्लाको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै ओलीले उहाँको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको बताउनु भएकाे छ ।

ओलीले दिवङ्गत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण पङ्क्तिमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ ।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपामा सात उपसमिति गठन
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं स्थानीय […] ...

पाँच वर्षपछि जापान-रुस विदेशमन्त्रीबीच भेट, हिरासतमा रहेका पत्रकारको रिहाइ माग
जापानका विदेशमन्त्रीले पाँच वर्षमा पहिलो औपचारिक प्रत्यक्ष भेटमा मस्कोलाई हिरासतमा रहेका पत्रकारलाई रिहा गर्न आग्रह गरेको टोकियोले शनिबार जनाएको छ । रुसी अधिकारीहरूले यस महिना जापानी पत्रकार युकी इमाईलाई रुसको सुदूर पूर्वको सखालिन टापुमा जासुसी आरोपमा पक्राउ गरेको बताएका थिए । जापानी विदेश मन्त्रालयले तोशिमित्सु मोटेगीले अमेरिकी राज्य जर्जियाको एट्लान्टामा भएको जी–२० सम्मेलनमा सर्गेई लाभारोभसँगको भेटमा ‘पत्रकार इमाइलाई तुरुन्त रिहा गर्न ...

दास व्यापारमा बेलायतको भूमिकाप्रति माफी माग्न प्रधानमन्त्री तयार, क्षतिपूर्ति दिन अस्वीकार
प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफू तयार रहेको बताएका छन् । उनले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेका छन् । लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी गरेका हुन् । यतिबेला राजा चार्ल्स तृतीय ...

से-फोक्सुण्डाे गएका दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन
काठमाडौं, कात्तिक १५ । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन हुनुभएको छ। डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट से-फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास क्षेत्रबाट उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको ...