नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्नेछ। कम्पनीले बढेको पुँजी राष्ट्रिय भुक्तानी प्रणाली, राष्ट्रिय तथा सीमापार भुक्तानी कारोबारका लागि थप प्रणाली, डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई), जोखिम व्यवस्थापन तथा सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नतिमा उपयोग गर्ने जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख कारोबार राफसाफ भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा कारोबारको संख्या र रकममा १३ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशतले बढेको छ। यद्यपि, कम्पनीको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले घटेर ४१ करोड रुपैयाँ कायम भएको छ। सभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, प्रविधि तथा सफ्टवेयरको विकास र जडानलगायत काम गर्ने उद्देश्यसहित छुट्टै सार्वजनिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ। प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास र जडानमा काम गर्नेछ। एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्त कम्पनीबाट एक–एक जना तथा एक जना स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व छ। कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

युआरएलको चाडपर्व अफर
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं–तिहारको अवसरमा सेवाग्राहीका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कात्तिक महिनाभर युआरएलको मुख्य कार्यालय तथा सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (ट्राइग्लिसराइड) मध्ये कुनै एक जाँच निःशुल्क गरिने भएको छ। युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले चाडपर्वको अवसरमा सेवाग्राहीलाई राहत दिने उद्देश्यले अफर ल्याइएको बताए। उनका अनुसार निःशुल्क जाँचसँगै अन्य सबै ...

सुदूरपश्चिम रोयल्सले फ्यानलाई स्कुटर उपहार दिने
२८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो । एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच… ...

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
पभोक्ता हित विपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु. पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न ...


