उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

पभोक्ता हित विपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु. पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइएको बताए । उनले भने, ‘बजारमा उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिएका छौँ । म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा चाडबाडको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीलाई कारबाही गर्छौँ । उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि व्यवसायी तथा सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ ।’ प्रजिअ पोखरेलका अनुसार, उक्त अवधिमा जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ । म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही रु. दुई लाख जरिवाना गरिएको छ । त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र आवश्यक इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही रु. ५० हजार तथा ओम शान्ति मिष्ठान्न भण्डारलाई रु. १५ हजार जरिवाना गरिएको छ । दमक–१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि आकस्मिक बजार निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कार्यालयले बजारलाई उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालासँग सहकार्यका लागि आग्रहसमेत गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

युआरएलको चाडपर्व अफर
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं–तिहारको अवसरमा सेवाग्राहीका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कात्तिक महिनाभर युआरएलको मुख्य कार्यालय तथा सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (ट्राइग्लिसराइड) मध्ये कुनै एक जाँच निःशुल्क गरिने भएको छ। युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले चाडपर्वको अवसरमा सेवाग्राहीलाई राहत दिने उद्देश्यले अफर ल्याइएको बताए। उनका अनुसार निःशुल्क जाँचसँगै अन्य सबै ...

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस सेयर ...

सुदूरपश्चिम रोयल्सले फ्यानलाई स्कुटर उपहार दिने
२८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो । एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच… ...


