युआरएलको चाडपर्व अफर

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं–तिहारको अवसरमा सेवाग्राहीका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कात्तिक महिनाभर युआरएलको मुख्य कार्यालय तथा सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (ट्राइग्लिसराइड) मध्ये कुनै एक जाँच निःशुल्क गरिने भएको छ। युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले चाडपर्वको अवसरमा सेवाग्राहीलाई राहत दिने उद्देश्यले अफर ल्याइएको बताए। उनका अनुसार निःशुल्क जाँचसँगै अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि विशेष छुटको व्यवस्था गरिएको छ। ‘हाम्रा सेवाग्राहीको चाडपर्वको माहोललाई थप उत्सवमय बनाउन छुट अफर ल्याएका हौँ,’ कोइरालाले भने। पोखराको न्युरोडमा रहेको युआरएल गण्डकी प्रदेशकै पहिलो तथा एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब भएको कम्पनीले जनाएको छ। युआरएलले गण्डकी प्रदेशका आठ जिल्लामा २४ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। १३ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघसंस्थासँगको सहकार्यमा हालसम्म २४१ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए। उनका अनुसार क्यान्सर मार्कर, होलबडी, भिटामिनलगायत सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराइएको छ। सेवाग्राहीले आफूलाई पायक पर्ने जुनसुकै शाखाबाट अफरको लाभ लिन सक्नेछन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस सेयर ...

सुदूरपश्चिम रोयल्सले फ्यानलाई स्कुटर उपहार दिने
२८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो । एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच… ...

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
पभोक्ता हित विपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु. पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न ...


