बूढीगण्डकी बाढी र जोखिममा रहेका हिमतालबारे अध्ययन गर्न माग

सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक मंगलबार बसेको छ । बैठकमा समितिको कार्यक्षेत्र तथा कार्यविस्तृतीकरणमाथि छलफल भएको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले बूढीगण्डकी क्षेत्रमा आएको बाढी तथा जोखिममा रहेका हिमतालको अवस्थासमेत अध्ययन प्रतिवेदनमा समेट्नुपर्ने बताएका छन् । उनले भोटेकोशी बाढीपछि बूढीगण्डकीमा पनि विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जोखिममा रहेका हिमतालको अवस्थाबारे अध्ययन गर्नुपर्ने बताए...
Read Complete Original Article
Published originally on फरकधार
Related News

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश
काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पाैडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। ...

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले ...

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण
• अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर यस वर्ष ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन जुलाईको अनुमानभन्दा ०.१ प्रतिशत कम हो। • भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन चीनको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ। • दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत र १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। ...


