Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफूलाई बदल्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले आगामी महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्दै राप्रपालाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीको संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने उल्लेख गर्दै सबैका लागि पार्टीको ढोका खुला गर्नुपर्ने धारणा राख्नुभयो। पार्टीको सैद्धान्तिक आधारमा एकताबद्ध हुँदै व्यावहारिक रूपमा संगठन विस्तार गर्नुपर्ने उहाँको भनाइ छ। अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न प्रभावकारी राजनीतिक गतिविधि र संगठन विस्तार आवश्यक रहेको बताउनुभयो। पार्टीले आफ्ना आदर्शलाई नारामा मात्रै सीमित नराखी त्यसलाई स्थापित गर्न संगठनलाई थप सशक्त बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ। अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्। सबैजसो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका छन्। यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने शक्ति नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो।” राप्रपालाई आगामी चुनौतीको सामना गर्न र देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्नु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी भएको उहाँले बताउनुभयो। त्यसका लागि पार्टीको परम्परागत कार्यशैली परिवर्तन गरी नयाँ ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ छ। “हामी सबै बदलिनुपर्छ र नयाँ ढङ्गले अघि बढ्नुपर्छ। आगामी महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर लैजानुपर्छ,” उहाँले भन्नुभयो। पार्टीमा नयाँ मानिसहरूलाई प्रवेशको अवसर दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले सीमित सदस्यलाई मात्रै समेटेर संगठन विस्तार सम्भव नहुने बताउनुभयो। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई स्थापित गर्न व्यापक जनसमर्थन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले आगामी महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गर्ने अठोटसहित तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दुई महिनामा वाणिज्य बैंकले कमाए १७ अर्ब ८१ करोड नाफा
ताजा खबरJust now

दुई महिनामा वाणिज्य बैंकले कमाए १७ अर्ब ८१ करोड नाफा

काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैङ्कहरूले १७ अर्ब ८१ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्कहरूले यो अवधिका कुल नाफामा ७.३३ प्रतिशत वृद्धि... ...

रातोपाटी
नुवाकोटका तीन विद्यालयमा बाँडियो न्यानो कपडा
ताजा खबरJust now

नुवाकोटका तीन विद्यालयमा बाँडियो न्यानो कपडा

नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ।  उक्त पालिका करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले न्यानो कपडा वितरण गरेको हो। अभियन्ता ढुंगानाले यी तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी दिइन्। उनले विद्यार्... ...

नेपालखबर
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अंकले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा ...

नेपालन्युज
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ने... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play