नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अंकले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ८४ अंकले बढेर १५८ दशमलव ९७ मा पुगेको छ। विभिन्न कम्पनीका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर चार अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैंयाँ मूल्यमा खरिद–बिक्री भएको छ। तेह्र वटै उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो। आज १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो। त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका अनुसार आज सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन्। त्यसैगरी स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...


