यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै यात्रुका लागि खाजा, नास्ता र खाना खान रोक्न निर्देशन दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन भनिएको छ। खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ। त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको नम्बर १०० मा सम्पर्क गर्न सक्नेछन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत गुनासो गर्न सकिने विभागले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह
काठमाडौँ। राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरी विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै... ...

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। ...

‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, के काजीको जीवनमा आउला त नयाँ मोड ?
काठमाडौं । लोकप्रिय नेपाली चलचित्र ‘कबड्डी’ शृङ्खलाको पाँचौ भाग ‘कबड्डी ५ (आफ्टर द फाइलन म्याच)’ को ट्रेलर सार्वजनिक भएको छ । मंगललबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले काजीको जीवनमा आउने परिवर्तन, सम्बन्धमा देखिने उतारचढाव र नयाँ पात्रहरुबीचको रोचक घटनाक्रमलाई संकेत गरेको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र कात्तिक ६ गते (अक्टोबर २३) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ...

सभामुख अर्याल स्वदेश फिर्ता
काठमाण्डु – तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन् । असोज १९–२३ गतेसम्म भएको महासभामा उनले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा धारणा प्रस्तुत गरेका थिए । सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास […] ...


