‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, के काजीको जीवनमा आउला त नयाँ मोड ?

काठमाडौं । लोकप्रिय नेपाली चलचित्र ‘कबड्डी’ शृङ्खलाको पाँचौ भाग ‘कबड्डी ५ (आफ्टर द फाइलन म्याच)’ को ट्रेलर सार्वजनिक भएको छ । मंगललबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरले काजीको जीवनमा आउने परिवर्तन, सम्बन्धमा देखिने उतारचढाव र नयाँ पात्रहरुबीचको रोचक घटनाक्रमलाई संकेत गरेको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र कात्तिक ६ गते (अक्टोबर २३) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र ‘कबड्डी’ पाँचौँ तथा ‘फाइनल म्याच’ का रुपमा प्रस्तुत गरिएको छ। चलचित्रमा दयाहाङ राई,विजय बराल,बुद्धि तामाङ,विपीन कार्की, मिरुना मगर,सिर्जना रिश्मा गुरुङ,कविता आले, विष्णु मोक्तान,प्रमिला राई,सुरज यादव,रमेश बज्राचार्य,हरि मिजारलगायत कलाकारको अभिनय छ। काजीको चरित्रमा परिपक्वता ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजीको चरित्र निर्माण र लेखन प्रक्रियाबारे आफ्नो धारणा राखे । एनले निर्देशकको स्वभाव लेखनमा झल्किने र कलाकारले आफ्नो अभिनयमार्फत पात्रलाई जीवतन्त बनाउने बताए। काजीको जीवनमा आउने नयाँ परिस्थितिबारे संकेत गर्दै दयाहाङले बिके र छन्त्याल पात्रहरुसँग जोडिएको प्रसङ्गलाई रमाइलो शैलीमा प्रस्तुत गरे। उनले पात्रहरुबीच गोलाप्रथाबाट निर्णय गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भन्दै चलचित्रको कथामा देखिने सम्बन्ध र घटनाक्रमबारे उत्सुकता बढाए। ऋभिनेत्री सिर्जना गुरुङले पनि यसपटक काजीको व्यवहारमा परिवर्तन र परिपक्वता देख्न पाइने बताइन्। ‘कबड्डी सिरिज १ देखि नै हेर्नुभएको सबैलाई काजीको व्यवहार थाहा छ। तर यो पाँचौँमा चाहिँ हामीले पक्कै पनि काजीको एक किसिमको म्याचुरिटी देख्नेछौँ,’ उनले भनिन्। काजीको जीवनमा आफूले नै परिपक्वता ल्याउने हो कि भन्ने आशयको रमाइलो टिप्पणी गर्दै उनले चलचित्रका सबै कलाकारले आ–आफ्नो भूमिकामा राम्रो काम गरेको बताइन्। उनले दर्शकलाई चलचित्र हेर्नसमेत आग्रह गरिन्। बिके पात्रको हास्यात्मक शैली अभिनेता विजय बरालले बिके पात्रको स्वभाव र चलचित्रमा देखिने हास्य पक्षबारे चर्चा गरे। उनका अनुसार बिके समूहका अन्य पात्रभन्दा केही बाठो छ। पहिले चिठी लेख्ने बिके अहिले पनि आफ्नै शैलीमा अगाडि बढिरहेको उनले बताए। पाँचौँ भाग निर्माण गर्दा थकानसँगै उत्साह निर्देशक रामबाबु गुरुङले शृङ्खलाको पाँचौँ भाग निर्माण गर्दाको अनुभव सुनाउँदै निरन्तर चलचित्र बनाउँदा थकान हुने भए पनि दर्शकको माया र उत्साहले थप ऊर्जा दिने बताए। उनले हरेक शृङ्खला निर्माण गर्दा मेहनत गर्नुपर्ने र थकान महसुस हुने उल्लेख गर्दै पाँच भागसम्म आइपुग्दा पनि यो यात्रालाई निरन्तरता दिन मन लाग्ने धारणा राखे। दसैँको आसपास चलचित्र प्रदर्शन गर्ने तयारीबारे बोल्दै गुरुङले बजारमा अन्य चलचित्रसँग हुने प्रचारात्मक प्रतिस्पर्धाले पनि चलचित्र क्षेत्रलाई थप सक्रिय बनाउने बताए। दर्शकले चलचित्र हेरेर प्रतिक्रिया दिने र आफ्नो कामको मूल्याङ्कन गर्ने अपेक्षा रहेको उनको भनाइ थियो। बुद्धि तामाङको ठट्टाले हँसायो कार्यक्रममा अभिनेता बुद्धि तामाङले चलचित्रको पोस्टर र आफ्नो तस्बिरबारे रमाइलो टिप्पणी गरे। आफ्नो गेटअप र तस्बिरको प्रसङ्ग निकाल्दै उनले ओठ जोडेर तस्बिर खिच्दा नराम्रो देखिएको अनुभव सुनाए। उनको टिप्पणीले ट्रेलर सार्वजनिक कार्यक्रमको माहोललाई थप रमाइलो बनाएको थियो। कविता आलेको भावनात्मक सम्बन्ध ‘कबड्डी’का सबै शृङ्खलामा काजीकी आमाको भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री कविता आलेले निर्देशक रामबाबु गुरुङ र चलचित्रको टिमप्रति आभार व्यक्त गरिन्। पहिलो भागदेखि पाँचौँ भागसम्म आफूलाई काजीकी आमाको भूमिकामा निरन्तर विश्वास गरेकोमा उनले निर्देशकलाई धन्यवाद दिइन्। साथै, चलचित्रलाई पाँचौँ भागसम्म पुर्याउन र प्रचारप्रसारमा सहयोग गर्ने कलाकार, पत्रकार तथा दर्शकप्रति पनि आभार व्यक्त गरिन्। ‘कबड्डी ५’ ले काजीको जीवनमा आउने नयाँ मोड र पात्रहरूबीचको सम्बन्धलाई कसरी प्रस्तुत गर्छ भन्ने विषयमा दर्शकमाझ उत्सुकता बढेको छ। चलचित्र कात्तिक ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भूमि तथा वनसम्बन्धी अध्यादेशमा के–के छ व्यवस्था ? यसो भन्छिन् कानुन मन्त्री गौतम
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भूमिहीन नागरिकको वर्षौँदेखिको समस्या समाधान गर्न सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दशकौँदेखि भूमिहीन... ...

कांग्रेस पदाधिकारीमा विशेषको वर्चस्व, गगनको ‘वचन’ भएन कार्यान्वयन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विशेष महाधिवेशन पक्षधर वर्चस्व देखिएको छ। पदाधिकारीमा निर्वाचित अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी भएकाहरू नै छन्। सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्री गरी ९ प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको एकलौटी रह्यो। विशेष महाधिवेशनेका विपक्षमा उभिएर विभिन्न चरणमा जोडिएका नेताहरू नियमित महाधिवेशनमा मुख्य पदा... ...
![कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित [नामसहित]](https://kendrabindu.com/wp-content/uploads/2026/09/basna-thapa.jpg)
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित [नामसहित]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी ...

अब एक वर्ष पुगेपछि नै शिक्षक सरुवा गर्न मिल्ने
काठमाडौँ। शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गर्ने तयारी गरिएको छ । "शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३" ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक... ...


