Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/खगेन्द्र सुनारमाथि राज्यका निकायबाटै छानबिन गर्न एमालेको माग

खगेन्द्र सुनारमाथि राज्यका निकायबाटै छानबिन गर्न एमालेको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
खगेन्द्र सुनारमाथि राज्यका निकायबाटै छानबिन गर्न एमालेको माग

काठमाडौं, असोज २७ । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि सरकारले र सम्बन्धित राज्यका निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ। शोषित, पीडित र दलित समुदायको न्यायका लागि आवाज उठाउँदै आएका व्यक्ति नै सत्ताको आडमा महिलालाई डर र धम्की दिएको आरोपमा मुछिनु विडम्बनापूर्ण भएको उहाँको टिप्पणी छ। महिलालाई ज्यान मार्ने, रगत पिउनेलगायतका धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएपछि यो विषय पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुन नहुने आचार्यले बताउनुभएको छ। ‘महिलालाई ज्यान मार्ने, रगत पिउने र धम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुनुहुँदैन,’ उहाँले भन्नुभएको छ, ‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ।’ दलित अधिकारको पक्षमा आवाज उठाउनु र महिलाको सम्मानको रक्षा गर्नु एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै आचार्यले कुनै पनि व्यक्तिलाई धम्की र अपमान सहन बाध्य पार्न नहुने बताउनुभएको छ। ‘महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन। सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन,’ उहाँको भनाइ छ। आचार्यले सुनारमाथि लागेका आरोप पुष्टि भएमा पद, पार्टी र पहुँचको आधारमा भेदभाव नगरी कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गर्न र आरोपसँग सम्बन्धित पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्नसमेत सरकारसँग आग्रह गर्नुभएको छ। यस प्रकरणमा रास्वपाले यसअघि नै आफ्नो अनुशासन आयोगमार्फत छानबिन गर्ने जनाएको छ। सांसद सुनारले भने सार्वजनिक भिडियोमार्फत अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको दाबी गर्दै आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ। अडिओको सत्यता र घटनासम्बन्धी आरोपबारे निष्पक्ष अनुसन्धानबाट तथ्य स्पष्ट हुन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
राजनीतिJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

फरकधार
कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित
राजनीतिJust now

कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा महिलाबाट प्रतिमा गौतम र पिछडिएकाे क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै महिलातर्फ सहमहामन्त्री पदमा विजय हासिल गर्नुभएको छ। उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। बास्तोलाले १ हजार ५५४ मत प्राप्त गर्नुभएको ...

जनताटाइम्स
कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

लोकपथ
कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
राजनीतिJust now

कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play