Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्रीमा महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा महिलाबाट प्रतिमा गौतम र पिछडिएकाे क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै महिलातर्फ सहमहामन्त्री पदमा विजय हासिल गर्नुभएको छ। उहाँले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो। बास्तोलाले १ हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको अन्तरले पराजित गर्नुभएको हो। त्यसैगरी, कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। कांग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही निर्वाचित हुनुभएको हो। यद्यपि, केन्द्रीय निर्वाचन समितिले भने उहाँको निर्वाचनसम्बन्धी औपचारिक अन्तिम परिणाम घोषणा गरिसकेको छैन। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना तथा परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल
राजनीतिJust now

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा, असोज २७ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय स... ...

गोरखापत्र
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित
राजनीतिJust now

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १४ जना मात्र निर्वाचित

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना मात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १५ जना निर्वाचित हुनुपर्नेमा १ जनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो […] ...

काठमाण्डुपाटी
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
राजनीतिJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play