Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी १ हजार ८५२ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। निर्वाचन समितिका अनुसार पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२ र विकास कोइरालाले १ हजार १४४ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, अमृतकुमार अर्यालले ८२१, रमेश धमलाले ७८० र विमल क्षेत्रीले २८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्री (खुला) तर्फ सर्वाधिक मतसहित विजयी हुनुभएका खतिवडा गत २ असोजमा देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किनुभएको थियो। देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये हालसम्म दुई जना मात्रै पार्टीको पदाधिकारीमा निर्वाचित हुनुभएको छ। खतिवडाभन्दा अघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा विजयी हुनुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
राजनीतिJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

फरकधार
कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

लोकपथ
खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग
राजनीतिJust now

खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग

पछिल्लो चुनावबाट रास्वपाको पल्लाभारी मात्रै भएन, ऊ अहिले त्यसै भारीबाट थिचिन थालेको छ । त्यसैले उसका कतिपय निर्वाचित सांसदले नै चाउचाउको कुपनको उपमाको आरोप खेपिरहेका छन् । कतिपयका लज्जास्पद बोली–व्यवहारले सांसद पदकै गरिमाको धज्जी उडाइरहेको छ । त्यसैको पछिल्लो उदाहरण बनेका छन्– खगेन्द्र सुनार । खासमा खगेन्द्रको भनिएको त्यो अडिओको वास्तविकता जुनसुकै समय वा सम्बन्धको सन्दर्भमा भएको भए पनि सत्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play