Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मुलुकको बाह्य क्षेत्र थप मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै उल्लेख्य बचतमा रहेका छन्। भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको सोही अवधिको ९३ करोड ६७ लाख डलरबाट बढेर यस वर्ष १ अर्ब ११ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा पनि शोधनान्तर बचत १ अर्ब १० करोड डलरबाट बढेर १ अर्ब २३ करोड डलर पुगेको छ। यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) उल्लेख्य रूपमा बढेको छ। दुई महिनामा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २७ करोड रुपैयाँको तुलनामा १३४ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ थियो। भ्रमण आय २८.६ प्रतिशत बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने भ्रमण व्यय १३.१ प्रतिशत घटेर ४१ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। शिक्षा शीर्षकको खर्च पनि ९.८ प्रतिशत घटेर २९ अर्ब ५५ करोड रुपैयाँमा झरेको छ। यस्तै, विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
ताजा खबरJust now

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

केन्द्रबिन्दु
साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
ताजा खबरJust now

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने

गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ।  असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

नेपालखबर
सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
ताजा खबरJust now

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

कर्पोरट खबर
पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु

पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play