पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु

पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको थियो। उद्धारकर्मीले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम थालेका छन्। घाइते शिक्षिका महविश जमानका अनुसार तीनतले विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए। कक्षाकोठामा रहेका बेला छत खसेपछि आफूलाई आकाशै खसे जस्तो लागेको र पछि अस्पतालमा होस खुलेको उनले बताइन्। दुर्घटनापछि स्थानीय बासिन्दा र उद्धारकर्मी तत्काल घटनास्थल पुगेका थिए। स्थानीय सामिउल्लाह खानले तीन बालिकालाई उद्धार गर्न सहयोग गरेको बताए। उनका छोरा भने पानी पिउन कक्षाबाट बाहिर निस्किएकाले जोगिएका थिए। घटनास्थल र अस्पतालमा भेला भएका अभिभावकले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी मागेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ। पेशावरका प्रहरी प्रमुख सईद अहमदले विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको र भवन संरचनात्मक रूपमा कमजोर रहेको बताए। छत खस्नुको कारण पत्ता लगाउन प्रान्तीय सरकारले समिति गठन गरेको छ। राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गरेका छन्। यसअघि जुलाईमा लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा चार विद्यार्थीको मृत्यु भएको थियो। पाकिस्तानमा निर्माण मापदण्डको कमजोर कार्यान्वयन, गुणस्तरहीन सामग्रीको प्रयोग र सुरक्षा नियमको बेवास्ताका कारण भवन भत्किने घटना बारम्बार हुने गरेका छन्। –रासस /एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको... ...
![सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]](https://kendrabindu.com/wp-content/uploads/2026/10/419.jpg)
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण ...

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक... ...

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व
काठमाडौँ, असोज २९ गते। नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक... ...


