देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् । पत्रमा पार्टीका तर्फबाट निर्वाचित भई हाल पदमा कार्यरत जनप्रतिनिधिहरू सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको उल्लेख छ । पत्रमा स्थानीय तहका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुखसहित प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्णयअनुसार महाधिवेशन प्रतिनिधि कायम गर्न अनुरोध गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको... ...
![सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]](https://kendrabindu.com/wp-content/uploads/2026/10/419.jpg)
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण ...

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक... ...

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व
काठमाडौँ, असोज २९ गते। नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक... ...


