Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य ९ अर्ब, ३ महिनामै उठ्यो साढे ८ अर्ब

मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य ९ अर्ब, ३ महिनामै उठ्यो साढे ८ अर्ब

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङ भन्सारको वार्षिक राजस्व लक्ष्य ९ अर्ब, ३ महिनामै उठ्यो साढे ८ अर्ब

काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिना नबित्दै करिब साढे ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आर्थिक वर्षकै लक्ष्यभन्दा केही मात्र कम हो । चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलनको लक्ष्य थियो । रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबै कन्टेनर र विद्युतीय गाडी यस नाकाबाट आउन थालेपछि तीन महिनामै राजस्व संकलनको लक्ष्य नजिक पुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए । ‘बुधबारसम्म १ हजार ६ सय कन्टेनर र करिब ४ हजार विद्युतीय गाडी भित्रिइसकेका छन्,’ चुडालले भने, ‘८ र ९ असोजको बाढीपछि धेरै कन्टेनर र ईभी गाडी यहाँ आएर रोकिएका थिए, अहिलेसम्म कन्टेनर पाइसकेका छन् । विद्युतीय गाडी पनि भन्सार जाँच पास भएर जाने क्रममै छन् ।’ सडकको अवस्थाले गर्दा पनि नयाँ गाडीहरूलाई काठमाडौं लग्न समस्या भएको उनले सुनाए । ‘बाढीपछि विद्युत् लाइनको समस्या भइरहेको छ, इन्टरनेट नचलेर समस्या छ,’ प्रमुख चुडालले भने, ‘नेपाल भित्रिएका कन्टेनर पठाइसकिएको छ । खाली कन्टेनर पारि गएका छैनन् । भन्सार एजेन्ट फर्किसकेका छन् ।’ बाढी आउनुअघि करिब ८ सय ईभी गाडीको भन्सार जाँच पास भएको उनको भनाइ छ । यस्तै करिब ७ सय रोकिएका कन्टेनर पास भइसकेका छन् । ‘अहिले बाटोमा कन्टेनर छैनन्, दसैंअघि फलफूल बोकेका कन्टेनर एक/दुई आए पनि त्यसपछि आउने अवस्था छैन,’ प्रमुख चुडालले भने, ‘अब दसैंपछि मात्र कन्टेनर आउने–जाने हुन्छ ।’ दसैंको मुखमा कोरला नाका हुँदै आएका ईभी गाडी काठमाडौंलगायत सहरमा आइनपुग्दा अटो व्यवसायी मारमा परेका छन् । साउन अन्तिम र भदौ दोस्रो साता आयोजित नाइमा र नाडा अटो शोमा ग्राहकले बुकिङ गरेका गाडी अझै पाउन सकेका छन् । नाकाबाट सहज रूपमा गाडी आउन नसक्दा चाडबाडको मुखमा यस्तो भएको अटो व्यवसायीको गुनासो छ । चाडबाडकै बेला रसुवागढी र तातोपानी नाका नचल्दा कोरला नाकाको भर पर्नुपरेको अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) कि अध्यक्ष ऋतुसिंह वैद्यले बताइन् । ‘हामीले तातोपानी नाका छिटो खुलाउन सरकारी निकायसँग पहल गरिरहेका छौं,’ उनले भनिन्, ‘मुस्ताङतिर सडक खुलेको भए पनि बाटो सहज भइसकेको छैन, सरकारी निकायबाट सहज बनाउने प्रयास भइरहेको छ ।’ चाडबाडका बेला नाका उत्तरी नचल्दा अटो व्यवसायमा असर पुगेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
ताजा खबरJust now

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं । भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा आज यस्तो सम्झौता भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न ...

केन्द्रबिन्दु
सुखी र शान्त दसैँ
ताजा खबरJust now

सुखी र शान्त दसैँ

समयको गतिसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आएको छ । आधुनिकता र व्यस्तताको नाममा पर्वहरू पछिल्लो समय निकै खर्चिला, भड्किला र प्रतिस्पर्धी बन्दै गएका छन्‌ । नेपालीको महान् पर्व दसै... ...

गोरखापत्र
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला
ताजा खबरJust now

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी गरेको हो । कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play