Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं । भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा आज यस्तो सम्झौता भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न सक्ने गरी विपद् बन्ड (क्याटास्ट्रोफ बन्ड) को विकास गर्ने बाटो खुलेको अर्थ सचिव उपाध्यायले जानकारी दिए । यो सुरुवात मात्र भएको र सँगै सबै प्रकारका प्राकृतिक विपद् जोखिमको पनि सुरक्षण गर्न सकिने उनको भनाइ थियो । यो सम्झौताले नेपालको विस्तृत विपद् जोखिम व्यवस्थापन रणनीतिलाई पुँजी बजारले कसरी सहयोग गर्न सक्छ भनेर मूल्याङ्कन गर्ने सहकार्यको थालनी सुरु भएको उनले बताए । विश्वका सबैभन्दा बढी विपद्ग्रस्त देशहरूमध्ये एक भएकाले नेपाल जोखिम न्यूनीकरण, पूर्वतयारी र वित्तीय संरक्षणका उपायहरूको संयोजनमार्फत भविष्यमा आउन सक्ने प्राकृतिक विपद्हरूका लागि अझ राम्ररी तयारी हुन र तिनको सामना गर्न र तिनबाट पुनर्लाभ गर्ने क्षमता अभिवृद्धिमा पनि सघाउने छ । सम्झौताअन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र बजारका सहभागीहरूसँग मिलेर यस्तो कारोबारको सम्भाव्यता र सम्भावित संरचनाको मूल्याङ्कन गर्ने बताइएको छ । यो पहल विश्व बैंक समूहको स्थापित विपद् बन्ड (क्याटास्ट्रोफ बन्ड) कार्यक्रमको अंश हो जसले देशहरूलाई विपद् जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोपविरुद्ध वित्तीय संरक्षण सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच पाउन मद्दत गरेको छ । नेपाल सरकारले यसअघि नै भूकम्पीय विपद् जोखिम सुरक्षण बन्ड (क्याट बन्ड) परियोजनासम्बन्धी म्यान्डेट सम्झौता विश्व बैंकसँग गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अहिले द्धपक्षिय सम्झौतामा हस्ताक्षर भएको हो । बिमा तथा विपद् जोखिम वित्तपोषणसम्बन्धी अन्तर्राष्ट्रिय समाचार पोर्टल आर्टेमिसका अनुसार, विश्व बैंकले नेपालका लागि प्रस्ताव गरेको भूकम्पीय विपद् जोखिम सुरक्षण बन्ड परियोजनालाई अघि बढाउन यो निर्णयले औपचारिक बाटो खोलेको छ । विश्व बैंकले गत जुलाईदेखि नेपालका लागि यस्तो बन्ड जारी गर्ने परियोजनामा काम थालेको थियो । प्रस्तावित परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय पुँजी बजारबाट ८ करोडदेखि १९ करोड अमेरिकी डलरसम्म विपद् जोखिम वित्तपोषण जुटाउने लक्ष्य राखिएको छ । यो रकम भूकम्पबाट हुने ठूलो आर्थिक क्षतिको जोखिम व्यवस्थापनका लागि उपयोग गर्ने बताइएको छ । प्रस्तावअनुसार नेपालका लागि तीन वर्ष अवधिको ‘प्यारामेट्रिक क्याटस्ट्रोफी बन्ड’ तयार गरी जारी गरिनेछ । यसको डिजाइन, संरचना निर्माण, जारी गर्ने प्रक्रिया तथा प्रभाव मूल्यांकनमा विश्व बैंकले सहयोग गर्नेछ । बन्डको रकम पूर्ण रूपमा जमानतयुक्त हुने प्रस्ताव छ । क्याटस्ट्रोफी बन्ड अर्थात् विपद् जोखिम सुरक्षण बन्ड यस्तो वित्तीय उपकरण हो, जसबाट कुनै ठूलो प्राकृतिक विपद् आएमा त्यसबाट हुने आर्थिक क्षति व्यवस्थापन गर्न आवश्यक रकम जुटाउन सकिन्छ । यसमा लगानीकर्ताबाट पुँजी संकलन गरिन्छ र पूर्वनिर्धारित सर्त पूरा भएमा विपद्बाट प्रभावित पक्षलाई वित्तीय सहायता उपलब्ध गराइन्छ । प्रस्तावित बन्ड प्यारामेट्रिक प्रकृतिको हुनेछ । यसको अर्थ भूकम्पबाट भएको क्षतिको वास्तविक मूल्यांकनका आधारमा मात्रै भुक्तानी निर्धारण नभई पहिले नै तय गरिएका सूचक तथा सर्तका आधारमा रकम भुक्तानी हुने व्यवस्था गरिन्छ । भूकम्पको तीव्रता, स्थान वा अन्य प्राविधिक मापदण्डलाई भुक्तानीका आधार बनाउन सकिन्छ । तर नेपालका लागि प्रस्तावित बन्डमा कुन सूचक र सर्त राखिने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । बन्डका लागि तिर्नुपर्ने प्रिमियम र भूकम्प आएपछि रकम भुक्तानी हुने आधार तथा सीमा पनि तय गर्न बाँकी रहेको बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

डेढगाउँ जोड्ने कालीगण्डकीको पुलमा १८ दिनपछि गाडी चल्न थाले
ताजा खबरJust now

डेढगाउँ जोड्ने कालीगण्डकीको पुलमा १८ दिनपछि गाडी चल्न थाले

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुलमा १८ दिनपछि गाडी सञ्चालनमा आएको छ।  तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो।  नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको... ...

नेपालखबर
गगन पक्षीय कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ?
ताजा खबरJust now

गगन पक्षीय कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत ?

• नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले ४ हजार १४९ मतसहित अग्रता लिएका छन्। • निश्कल राई र इन्द्रबहादुर बानियाँ क्रमशः ३ हजार ८४० र ३ हजार ६४१ मतसहित दोस्रो र तेस्रो स्थानमा छन्। • खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन् र मतगणना जारी रहेको छ। ...

नेपालबहस
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
ताजा खबरJust now

राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३–८४ को बजेटसँग सम्बन्धित आर्थिक विधेयक र विनियोजन विधेयक प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका छन्। विधेयक प्रमाणीकरण भएसँगै प्रदेश सरकारलाई बजेट... ...

रातोपाटी
'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै
ताजा खबरJust now

'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै

'प्यालेस्टाइन एक्सन' लाई सहयोग गर्ने अडान लिएपछि आइरिस लेखिका स्याली रूनीका पुस्तक बेलायतमा वितरण नगर्ने निर्णय प्रकाशक फेबर एन्ड फेबरले गरेको छ । रूनीका ‘नर्मल पिपल’, ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’ र ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यू’ जस्ता चर्चित उपन्यास प्रकाशित छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play