राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी गरेको हो । कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका करिब पौन्य १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। यसअनुसार सर्वसाधारण लगानीकर्ताले ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्कासनका लागि उपलब्ध सबै इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन कात्तिक १० गतेसम्म दिन सकिनेछ। ऋणपत्रको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्रणालीबाट आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा सञ्चालित बैंक हो । The post राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

पूर्वकप्तान पारस खड्का आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौँ । युके, अस्ट्रेलिया र क्यानडामा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको नेपाली स्वामित्वको अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी आयो रेमिट (AYORemit) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लोकप्रिय... ...

विपद्पछिको क्षति बुझ्न मन्त्री पुन धवलागिरितर्फ
म्याग्दी समाचारदाताम्याग्दी, असोज २९ गते । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको विवरण लिन विज्ञान, प्रविधि तथा नवप्रवर्तनम... ...

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन र निश्कल राई अग्रता कायमै, कुन उमेदवारको मत कति ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्। प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, ...

१४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको... ...


