Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन्। नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकता–राहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ। टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। सिमका लागि ९० रुपैंयाँ र हुलाक डेलिभरीका लागि ७० रुपैंयाँ शुल्क लाग्ने छ। उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ। त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ। सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन्। आधा घण्टामै मन्त्रालयमा सिमकार्ड हुलाक–सिम सेवा शुभारम्भसँगै मन्त्री डा. तिमिल्सिनाले नयाँ सिमकार्डका लागि अनलाइन आवेदन पेस गरे। टेलिकमको सुन्धारास्थित कार्यालयबाट व्यक्तिगत विवरण ‘भेरिफाइड’ भएपछि मन्त्री तिमिल्सिनाले अनलाइनबाट भुक्तानी गरे। भुक्तानी सफल भएलगत्तै टेलिकमले हुलाकमार्फत सूचना तथा सञ्चार मन्त्रालयमा ‘फिजिकल’ सिम उपलब्ध गराएको थियो। हुलाक सेवाका कर्मचारी पुस्कर बस्नेतले उक्त सिमकार्ड मन्त्री तिमिल्सिनाले दिएको ‘स्थान’ मा पुर्‍याएका थिए। मन्त्री डा. तिमिल्सिनालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा उक्त सिमकार्ड हस्तान्तरण गरे। मन्त्री डा. तिमिल्सिनाले आवेदन गरेको करिब आधा घण्टामा सिमकार्ड तोकिएको ‘स्थान’ मा आइपुगेको थियो। सहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा र ग्रामीण भेकमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ। सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन कार्यक्रममा मन्त्री डा. तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन दिए। उनले भने, “डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्‍याउने प्रयास गर्नुहोला।” नागरिकले चाहेकै स्थानमा सिमकार्डलगायत सरकारी सेवा पुर्‍याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उनले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताए। हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा. तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताए। उनले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गरे। सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले टेलिकमको सिम बिक्री वितरणको विद्यमान व्यवस्थामामा हुलाक–सिम सेवा नयाँ ‘डिपार्चर’ भएको बताए। “यो सुरुवात हो, यसको दिगोपनामा दुवै पक्षले ध्यान दिनुपर्छ”, उनले भने, “हल्कारालाई पनि आवश्यक तालिम र अभिमुखीकरण गर्नुपर्छ।” टेलिकमका प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्‍याउने व्यवस्था गरिएको बताइन्। हुलाक सेवा विभागका महानिर्देशक भट्टराईले सहर तथा दूरदराजका नागरिकले सहजै सिमकार्ड पाउने चाहना सरकारले पूरा गरेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँ सम्झँदा पनि झस्किन्छन् विस्थापितहरू
ताजा खबरJust now

दसैँ सम्झँदा पनि झस्किन्छन् विस्थापितहरू

काठमाडौँ । शरद ऋतु आगमनसँगै गाउँ–सहरमा मालश्रीको धुन गुञ्जिन थालेको छ । सहरबाट गाउँ फर्किनेहरूको लर्को छ, बजारमा नयाँ लुगा र सरसामान किन्नेको भिड छ । वर्षभरिको थकान बिर्सेर आफन्तसँग टीका... ...

रातोपाटी
भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण

काठमाडौं। सरकारले रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढी प्रभावित घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा एकद्वार प्रणालीमार्फत उक्त राहत रकम उपलब्ध गराइएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारको पहिचान गरिएको थियो। हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र ...

नेपालन्युज
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको फराकिलो अग्रता
ताजा खबरJust now

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको फराकिलो अग्रता

काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीले फराकिलो अग्रता बनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी मतगणनामा रसाइलीले फराकिलो अग्रता बनाएका हुन्। निर्वाचन समितिका अनुसार ४२ सय मत... ...

रातोपाटी
रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह उम्मेदवार छनोट रूपरेखा
ताजा खबरJust now

रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह उम्मेदवार छनोट रूपरेखा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको उक्त रूपरेखामा उम्मेदवार छनोटको प्रक्रिया, विशेषाधिकारको प्रयोग र विशेष परिस्थितिको व्यवस्थालाई समेटिएको छ। नयाँ व्यवस्थाअनुसार पार्टी सचिवालयले तोकिएका पदहरूमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो अधिकार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका लागि लागू हुनेछ। त्यस्तै, महानगरपालिकाको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play