भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण

काठमाडौं। सरकारले रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढी प्रभावित घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा एकद्वार प्रणालीमार्फत उक्त राहत रकम उपलब्ध गराइएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारको पहिचान गरिएको थियो। हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ वटा स्थानीय तहका प्रभावित परिवारले राहत पाइसकेका छन्। सरकारले तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने तयारी गरेको छ। गत असोज २३ गते बसेको तीन वटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टहरूको संयुक्त बैठकले विपद् प्रभावितको पहिचान र शीघ्र पुनर्लाभको काम व्यवस्थित गर्ने निर्णय गरेको थियो। सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार रेडक्रस लगायतका अन्य विकास साझेदारहरूलाई समेत राहत वितरण गर्न निर्देशन दिएको छ। सहायता वितरण गर्दा कुनै पनि परिवार दोहोरो लाभमा नपर्ने र वास्तविक प्रभावित नछुट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ। साथै, बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि पनि सरकारले काम तीव्र पारेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं। नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत महामहिम लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत तथा ग्लोबल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी भएका थिए । राजदूत लिस्टियोवातीलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म परम्परागत बग्गीबाट राष्ट्रपति कार्यालय शीतलनिवाससम्म ...

मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कुनै कमी नरहेको तर नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको अभावले अर्थतन्त्र सुस्त बनेको बताएका छन्... ...

यस दशैं, केन्ट आरओसँग मनाऔँ शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू
शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू ...

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
• माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर समावेश छन्। • रोशन केसीलाई आगामी चार वर्षका लागि बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गरिएको छ। • बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ...


