रास्वपाले सार्वजनिक गर्यो स्थानीय तह उम्मेदवार छनोट रूपरेखा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको उक्त रूपरेखामा उम्मेदवार छनोटको प्रक्रिया, विशेषाधिकारको प्रयोग र विशेष परिस्थितिको व्यवस्थालाई समेटिएको छ। नयाँ व्यवस्थाअनुसार पार्टी सचिवालयले तोकिएका पदहरूमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो अधिकार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका लागि लागू हुनेछ। त्यस्तै, महानगरपालिकाको हकमा वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख र प्रमुख पदका उम्मेदवार छनोटमा पनि सचिवालयले १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो निर्णयका लागि केन्द्रीय समितिबाट अनुमोदन अनिवार्य गरिएको छ। निर्धारित विधि र प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपर्ने असाधारण परिस्थिति सिर्जना भएमा पार्टीले विशेष व्यवस्था गरेको छ। यस्तो अवस्थामा निर्णय लिनका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ। उक्त असाधारण परिस्थितिमा पनि पार्टीको विधानअनुसार उम्मेदवार छनोटको अर्को प्रारूप अनिवार्य रहनेछ। यसका लागि पार्टी विधानको धारा ७(३), ६४ र ६५ अनुसार क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचनसम्बन्धी व्यवस्थालाई आधार मानिनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं। नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत महामहिम लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत तथा ग्लोबल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी भएका थिए । राजदूत लिस्टियोवातीलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म परम्परागत बग्गीबाट राष्ट्रपति कार्यालय शीतलनिवाससम्म ...

मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कुनै कमी नरहेको तर नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको अभावले अर्थतन्त्र सुस्त बनेको बताएका छन्... ...

यस दशैं, केन्ट आरओसँग मनाऔँ शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू
शुद्ध पानी, स्वस्थ परिवार र खुसीका पलहरू ...

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
• माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर समावेश छन्। • रोशन केसीलाई आगामी चार वर्षका लागि बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गरिएको छ। • बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ...


