‘श्रीमान् श्रीमती’को तीन हप्तामै छायांकन सकेका दीपेन्द्र के भन्छन् ?

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ । तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो । काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो । सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ । ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् । पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस्तै सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ । यस चलचित्रको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायाकार कृष्ण बा. थापा हुन् । गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले चलचित्र ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक हुने बताए । “नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा सिनेमा बनेको छ,” उनले भने, “यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमान्दार भएर सिनेमा बनाएका छौँ ।” आम नेपालीको घरमा दिनदिनै घट्ने घटनाक्रममा सिनेमा बनेकाले दर्शकको रोजाइमा चलचित्र पर्ने उनको विश्वास छ । श्रीमान् र श्रीमतीको सम्बन्धका उतारचढाव सिनेमाको मुख्य कथा रहेको उनले प्रस्ट पारे । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग... ...

चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […] ...

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्याइ दिने
काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ ...
.jpeg)
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्याइने
काठमाडौँ, असोज २८ गते । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध ग... ...


