Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाकिस्तानमा विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु

पाकिस्तानमा विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानमा विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ । मृतकका आफन्तले भवन कमजोर रहेको र दुर्घटनाअघि नै विद्यालय सञ्चालकलाई सचेत गराएको बताएका छन् । प्रान्तीय सरकारले बिहीबार अल–खैर विद्यालयको छत खस्नुको कारणबारे अनुसन्धान थालेको छ । प्रहरीले विद्यालय सञ्चालक मोहम्मद खानलाई पक्राउ गरेको छ । पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार भवन संरचनात्मक रूपमा कमजोर थियो । सञ्चालकले भने हालैको वर्षाका कारण छत कमजोर भएको बताएका थिए । सरकारी आदेशअनुसार जिल्लास्तरीय समितिले तीन दिनभित्र विद्यालयका भवन निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ । निरीक्षणका क्रममा छत, पर्खाल, खम्बा, दलिन र जगलगायत संरचनाको अवस्था जाँच गरिनेछ । भवनलाई सुरक्षित, मर्मत गर्नुपर्ने वा असुरक्षित गरी तीन वर्गमा छुट्याइनेछ । आफ्नै स्वामित्वमा रहेका र भाडामा लिइएका दुवै प्रकारका भवन निरीक्षण गरिनेछ । आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार सूचना पाएको पाँच मिनेटभित्र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भग्नावशेषबाट कम्तीमा ४० बालबालिकालाई जीवितै उद्धार गरिएको थियो । माटो र इँटाले बनेको छत खस्दा केही बालबालिकाको निसास्सिएर मृत्यु भएको उनले बताए । घाइते शिक्षिका महविश जमानले माथिल्लो तलाबाट ठूलो आवाज आएको केही क्षणमै छत खसेकाले विद्यार्थीलाई भाग्न चेतावनी दिनसमेत नभ्याएको बताइन् । अस्पतालमा होस खुलेपछि आफ्ना धेरै विद्यार्थीको मृत्यु भएको थाहा पाएको उनले बताइन् । दुर्घटनामा दुई भतिजा गुमाएका मोहम्मद जमानले कक्षाकोठामा वर्षाको पानी चुहिने समस्याबारे विद्यालय सञ्चालकलाई पटकपटक जानकारी गराएको बताए । उनका नौ वर्षीय भतिजा अब्दुल र १० वर्षीय अबुजरको मृत्यु भएको थियो । अबुजरकी बहिनी सामिया मिठाई किन्न बाहिर गएकाले दुर्घटनाबाट जोगिएकी थिइन् । त्यस्तै, जाकिर उल्लाले एउटै कक्षामा पढ्ने आफ्ना दुवै छोरा गुमाएका छन् । उनकी छोरीले दुर्घटनाबारे घरमा खबर गरेपछि परिवार विद्यालय पुगेको थियो । त्यहाँ छोराहरूको कक्षाकोठा भग्नावशेषले पुरिएको अवस्थामा भेटिएको उनले बताए । भवन कमजोर हुँदाहुँदै विद्यालय सञ्चालन गर्न अनुमति दिने अधिकारीलाई समेत कारबाही गर्न उनले माग गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सडकमै नयाँ नोटको व्यापार, तस्बिरहरू
ताजा खबरJust now

सडकमै नयाँ नोटको व्यापार, तस्बिरहरू

काठमाडाैँ। काठमाडौँको रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नाेट साटिरहेका छन्। व्यापारीलाई अतिरिक्त शुल्क (कमिसन) तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटेको भेटिन्छ। यहाँ फुटपाथमा... ...

रातोपाटी
मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा
ताजा खबरJust now

मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । दलले सरकार सञ्चालनका लागि विभिन्न राजनीतिक दलबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको हो । एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै पठाएको पत्रमा आजकै मितिदेखि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको ...

अनलाइनपाना
हेटौंडामा खसीबोका किनबेच गर्नेको भीड, मूल्य महँगिँदा उपभोक्ता मारमा
ताजा खबरJust now

हेटौंडामा खसीबोका किनबेच गर्नेको भीड, मूल्य महँगिँदा उपभोक्ता मारमा

• हेटौंडा बजारमा बडादशैंको तयारीमा खसीबोका किनबेचको चहलपहल बढेको छ, तर माग विगतका वर्षको तुलनामा कम रहेको व्यवसायीहरूको भनाइ छ। • उपभोक्ताले खसीबोकाको मूल्य महँगो भएको गुनासो गर्दै स्थानीय प्रशासनसँग बजार अनुगमन गर्न माग गरेका छन्। • किसानहरूले पनि उचित मूल्य नपाएको र बिक्रीमा समस्या रहेको बताएका छन्, जसले गर्दा बजारमा खसीको किनबेच सुस्त भएको छ। ...

नेपालबहस
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

काठमाण्डु – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्य लगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play