मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश संसदीय दलले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । दलले सरकार सञ्चालनका लागि विभिन्न राजनीतिक दलबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको हो । एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै पठाएको पत्रमा आजकै मितिदेखि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरिएको उल्लेख छ। एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका मधेश प्रदेश संसदीय दलबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तथा जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले १५ बुँदे समझदारी भएको थियो । उक्त समझदारीमा सरकार सञ्चालनमा दलहरूबीच समन्वय र सहकार्य गर्ने, जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्ने, आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विकास योजनालाई प्राथमिकता दिने, मन्त्रालय तथा मन्त्रीको संख्या व्यवस्थापन गर्ने र विकास निर्माणका योजना खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट सञ्चालन गर्ने विषय समेटिएका थिए । त्यस्तै, आर्थिक वर्षको सुरुवातसँगै विकास निर्माणका काम अघि बढाउने विषय पनि समझदारीमा समावेश थियो । तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समझदारी कार्यान्वयन नभएको र प्रदेश सरकारका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको एमालेको निष्कर्ष छ । समझदारी कार्यान्वयन नभएकै कारण सरकारलाई दिएको समर्थनको औचित्यमाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको एमालेले जनाएको छ । यसैबीच, एमालेको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै सामूहिक रूपमा राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् । मन्त्रीहरूले आफ्नो राजीनामाबारे प्रदेश प्रमुख र मधेश प्रदेश सभाका सभामुखलाई समेत बोधार्थ पठाएका छन् ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

नेपाल प्रिमियर लिगले पायो आईसीसीको मान्यता
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेको छ। यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा नयाँ आयाम थपेको छ। आईसीसीको यो निर्णयसँगै नेपाल प्रिमियर लिग अब अन्तर्राष्ट्रिय स्तरको आधिकारिक प्रतियोगिताका रूपमा स्थापित भएको छ। यसले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको आयोजना र व्यवस्थापनका लागि यो मान्यता निकै ...

भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार
बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ । ...

राष्ट्रपति पौडेलले गरे दुईओटा अध्यादेश जारी
रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुईओटा अध्यादेश जारी गरेका छन्। ...

पञ्चाङ्गले भन्यो -'शुक्र अस्तका कारण दशैँ रोक्नुपर्ने भ्रम शास्त्रसम्मत छैन'
यस वर्षको दसैँ मनाउन हुँदैन भनी सामाजिक सञ्जालमा गरिएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। ...


