प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० पटक कारोबार भएको छ । उक्त कारोबारमा कुल ५ करोड २ लाख ९३ हजार ५७८ रुपैयाँबराबरका ५४ हजार ७२८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा अमेरिकी सेनाले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूमा आक्रमण गर्न नयाँ सैन्य योजना तयार गरेको छ । ती योजनामा विश्वकै शक्तिशाली गैर–आणविक बमहरूमध्ये एक मानिने ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पसमेत समावेश गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। ‘मदर अफ अल बम्स’ इरानविरुद्ध प्रयोग भएमा यो युद्धमा ठुलो सैन्य शक्तिको ...

सोनासती मन्दिरमा भूतमेला
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको फूलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ । “नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट ...

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ...

सोनासती मन्दिरमा तान्त्रिक मेला
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ... ...


