सोनासती मन्दिरमा भूतमेला

महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको फूलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ । “नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट सताइएका भक्तजन पञ्चमीदेखि देवीको पुकारा गर्न आउँछन्” मन्दिरका पुजारी केदार झा भन्छन्, “नवरात्रमा दुष्टात्माबाट सताइएका हरुको पुकार देवीले तत्काल निवारण गर्ने हाम्रो विश्वास छ ।” मेलामा रुँदै कराउँदै मन्दिर परिसरमा कष्टबाट छुटकारा पाउन देवीको पुकारा गर्ने पुरानो परम्परा छ । पञ्चमीदेखि नवमीसम्मको यो मेलामा मधेसका मात्र नभएर बागमती र कोशी प्रदेशका मकवानपुर, सिन्धुली र उदयपुरसम्मका भक्तजनको बाक्लो उपस्थिति हुँदै आएको छ । यहाँ छिमेकी मित्रराष्ट्र भारतको विहार राज्यका सीतामढी, मधुवनी, झञ्झारपुर, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लासम्मका श्रद्धालु पुग्ने गरेका छन् । मेला दुःखीजनको कष्ट निवारणका लागि देवीको पुकारा गरिनेसँग सम्बन्धित छ । देवी सोनासतीको पुकाराले कष्ट निवारण भएपछि जीवनभरि दुष्टात्माले असर गर्न नसक्ने विश्वास छ । नयाँ पुस्ताका युवायुवती भने भूत, पिसाच र बोक्साबोक्सीजस्ता मान्यता र रोगव्याधका कुरालाई कथित दुष्टात्मासँग जोड्नु भ्रममात्र भएको बताउँछन् । नवरात्रमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार हो । -रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...


