लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । त्यस्तै, काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट आइस (मेथाम्फेटामाइन) जस्तो देखिने १५ ग्राम पदार्थसहित पाँच जना पक्राउ परेका छन् । बुधबार साँझ पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-२ का ३२ वर्षीय सुमन थोक्रा, नौकुण्ड-१ का २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ का २९ वर्षीय सुनिल तामाङ, धादिङको खनियाबास गाउँपालिका-५ घर भई तारकेश्वर बस्ने २२ वर्षीय योना तामाङ र एक १८ वर्षीय किशोर रहेका छन् । मोरङको विराटनगर महानगरपालिका-७ बाट ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डलसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । सर्लाहीको हरिवन नगरपालिका-४ तिनघरेबाट २३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवाससमेतबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब तीन किलोग्राम गाँजासहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारी पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले गए राति पक्राउ गरेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका-४ बाट आठ ग्राम १५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-६ लालपुरका २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारतको लखिमपुर खिरीस्थित बसईका ३० वर्षीय राम पुकार रहेका छन् । प्रहरीकाअनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका दुई मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । राजेश र सुरेश सवार मोटरसाइकलबाट चार ग्राम ४१० मिलिग्राम तथा राम सवार मोटरसाइकलबाट तीन ग्राम ७४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-६ बसपार्कबाट ९०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित शुक्लाफाँटा नगरपालिका-१० का १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका-१६ बाट २३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ११ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही-१३ सैलुङ टोलका ३३ वर्षीय वीरबहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोलका ३२ वर्षीय पूर्ण बुढामगर रहेका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोस्ट सर्राबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोलाका २४ वर्षीय मिलन बस्नेतलाई दुई ग्राम ३७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बुधबार दिउँसो उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...


