मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली जडान

कञ्चनपुर।कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएको हो । भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, “पूर्व सूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ।” उनले रातिको समयमा जङ्गली हात्ती, गैंडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईंलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ। कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव–वन्यजन्तु सह–अस्तित्वका लागि पूर्व सूचना प्रणाली प्रभावकारी हुने बताए। “पूर्व सूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ, निकुञ्जबाट जङ्गली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ”, उनले भने, “निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ।” उनले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए। कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब १० लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उनले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जङ्गली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पु¥याउँदै गरेका छन्। किसानले पूर्व सूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

सुन-चाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...


