Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

10/14/2026, 7:34:16 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

आज दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन्। यस अवधिमा नेपालीहरूको महान् चाड बडादशैँ परेपनि दसैँको पूजाआजा गर्न तथा टीका–जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ। ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ। शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ। त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा माङ्गलिक कार्यहरू गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको तीन दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ। तर, शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकतोक हुँदैन। यस अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्य व्रत, तुलसी पूजा एवं विवाह, तुलसीको मठमा हवन, रामनवमी आदिका व्रतजस्ता नित्य कर्मका साथै श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया र ग्रहणस्नानादि कर्महरू गर्न सकिन्छ। साथै, यसै बिचमा बडादसैँ परेकाले देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिन गरिने नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, साधना, अष्टमीको बली पूजा, हातहतियार पूजा तथा देवी विसर्जन गरी दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न कुनै शास्त्रीय बाधा पर्ने छैन। यद्यपि, शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यहरूको थालनी गर्न भने शास्त्रले निषेध गरेको छ। यस समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण, गृहारम्भ वा गृहप्रवेश, मन्दिर निर्माण, देवता स्थापना, प्राणप्रतिष्ठा, चान्द्रायणादि व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि महादान, व्रतबन्ध, विवाह तथा कर्णवेधजस्ता संस्कार गर्न हुँदैन। त्यस्तै कहिल्यै नगरिएको देवताको दर्शन, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, अग्निहोत्र, राज्याभिषेक र समावर्तनजस्ता कार्यहरू पनि शास्त्र अनुसार वर्जित मानिएका छन्। ज्योतिष शास्त्रमा शुक्रलाई सवारी साधन र विलासिताको समेत कारक ग्रह मानिने भएकाले यस अवधिमा सकेसम्म नयाँ सवारी साधनको खरिद–बिक्री नगर्नु राम्रो हुने र विलासी जीवनशैली तथा सामानको प्रयोगमा सचेत रहनुपर्ने उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
‘कसम, पैसाको लागि फिल्म बनाएको’ कबड्डी निर्देशकको स्वीकारोक्ति
OthersJust now

‘कसम, पैसाको लागि फिल्म बनाएको’ कबड्डी निर्देशकको स्वीकारोक्ति

तपाईंलाई ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक’ भन्ने कबड्डी फिल्म त पक्कै थाहा छ । तर त्यसका पछाडि उभिएर यसको खाका बनाउने रामबाबु गुरुङ हो भन्ने कुरा थाहा नहुन सक्छ । किनभने यी अल्पभाषी निर्देशक जथाभावी बोल्न र जहाँ पनि प्रस्तुत हुन असहज मान्छन् । कुनै बेला ‘हाँसी राख न माया, बोली… ...

अनलाइन खबर
विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित
OthersJust now

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी, नवलपरासी पूर्व र गोरखामा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गते बिहान ५ः५० बजेदेखि प्रभावित भएको हो। त्यस्तै, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा सडक अवरुद्ध ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play