यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ८७ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ८० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, लौका ८० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका
२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए ।… ...

डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?
डेढ महिनामा कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ भने कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेको छ । ...

अमेरिकी राजदूत बोल्डिन र परराष्ट्र सचिव राईबीच भेटवार्ता, अमेरिकी सहयोग र बाढी प्रभावितबारे छलफल
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेकी छन्। भेटमा नेपाल-अमेरिका साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपाललाई उपलब्ध गराइएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग वितरण प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ । बोल्डिनले बाढीपछि बेपत्ता भएका अमेरिकी नागरिकहरूको खोजी तथा पहिचानका लागि धन्यवाद व्यक्त गरेकी ...

कांग्रेस जनजातितर्फको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाको अग्रता, दोस्रोमा ओमबहादुर
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजाति तर्फ निर्वाचनको जारी मतगणनामा बहादुरसिंह लामाले अग्रता कायमै राखेका छन् । ६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् । ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । यसैगरी तारामान गुरुङले… ...


