अमेरिकी राजदूत बोल्डिन र परराष्ट्र सचिव राईबीच भेटवार्ता, अमेरिकी सहयोग र बाढी प्रभावितबारे छलफल

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेकी छन्। भेटमा नेपाल-अमेरिका साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपाललाई उपलब्ध गराइएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग वितरण प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ । बोल्डिनले बाढीपछि बेपत्ता भएका अमेरिकी नागरिकहरूको खोजी तथा पहिचानका लागि धन्यवाद व्यक्त गरेकी छन्। साथै, रसुवा बाढी र बुढीगण्डकी बाढीबाट प्रभावित नेपाली समुदायप्रति उनले अमेरिकाका तर्फबाट समवेदना व्यक्त गरेकी छन्।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी
शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ...

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका
२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए ।… ...

डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?
डेढ महिनामा कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ भने कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेको छ । ...


