Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

10/14/2026, 8:04:15 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी, नवलपरासी पूर्व र गोरखामा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गते बिहान ५ः५० बजेदेखि प्रभावित भएको हो। त्यस्तै, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। असोज १४ गते दिउँसो ४ः४५ बजेदेखि प्रभावित बनेको उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन हुन नसक्ने जनाइएको छ। गोरखामा भने बाढीका कारण सडक आवागमन प्रभावित भएको विवरणमा उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका
OthersJust now

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका

२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए ।… ...

अनलाइन खबर
डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?
OthersJust now

डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?

डेढ महिनामा कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ भने कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेको छ । ...

अनलाइन खबर
अमेरिकी राजदूत बोल्डिन र परराष्ट्र सचिव राईबीच भेटवार्ता, अमेरिकी सहयोग र बाढी प्रभावितबारे छलफल
OthersJust now

अमेरिकी राजदूत बोल्डिन र परराष्ट्र सचिव राईबीच भेटवार्ता, अमेरिकी सहयोग र बाढी प्रभावितबारे छलफल

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेकी छन्। भेटमा नेपाल-अमेरिका साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ। गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपाललाई उपलब्ध गराइएको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग वितरण प्रक्रियाबारे पनि छलफल भएको बताइएको छ । बोल्डिनले बाढीपछि बेपत्ता भएका अमेरिकी नागरिकहरूको खोजी तथा पहिचानका लागि धन्यवाद व्यक्त गरेकी ...

पर्दाफास
कांग्रेस जनजातितर्फको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाको अग्रता, दोस्रोमा ओमबहादुर
OthersJust now

कांग्रेस जनजातितर्फको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाको अग्रता, दोस्रोमा ओमबहादुर

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजाति तर्फ निर्वाचनको जारी मतगणनामा बहादुरसिंह लामाले अग्रता कायमै राखेका छन् । ६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् । ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । यसैगरी तारामान गुरुङले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play