Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाकिस्तानमा विद्यालय भत्किँदा कम्तीमा २९ जनाको मृत्यु, सञ्चालक पक्राउ

पाकिस्तानमा विद्यालय भत्किँदा कम्तीमा २९ जनाको मृत्यु, सञ्चालक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानमा विद्यालय भत्किँदा कम्तीमा २९ जनाको मृत्यु, सञ्चालक पक्राउ

Reuters पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा कम्तीमा २८ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। दिर कोलोनीस्थित अल-खैर विद्यालयमा स्थानीय समयअनुसार बिहान ०८:४८ बजे उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।घटनास्थलमा थप बालबालिका फसेको हुन सक्ने आशङ्कामा उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेषमा खोजी गरेका थिए।पेशावरको लेडी रेडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा १९ जना घाइते भएका छन्। घाइते बालबालिका ६ देखि १२ वर्ष उमेर समूहका छन्।घटनास्थलमा रहेका बीबीसी संवाददाताका अनुसार विद्यालय साँघुरो बाटोमा रहेको र त्यहाँ एक पटकमा एउटा मात्र सवारीसाधन जान सक्ने भएकाले उद्धारकर्मीहरूलाई घाइतेहरूको उद्धार गर्न कठिनाइ भएको थियो।पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको जनाएको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे । दुवै मुलुकबीच रहिआएको ...

केन्द्रबिन्दु
परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका थिए। दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई ...

नेपालन्युज
आईएमएफको वार्षिक बैठकमा पहिलोपटक नेपालको नेतृत्वदायी भूमिका, सांसद खड्काको पहलमा गरियो ‘नेपाल कर्नर’ कार्यक्रम
ताजा खबरJust now

आईएमएफको वार्षिक बैठकमा पहिलोपटक नेपालको नेतृत्वदायी भूमिका, सांसद खड्काको पहलमा गरियो ‘नेपाल कर्नर’ कार्यक्रम

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित ‘नेपाल कर्नर’ कार्यक्रम बागलुङ -१ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको पहल र नेतृत्वमा सञ्चालन गरिएको छ। कार्यक्रममा नेपालबाट पाँच जना सांसदसहित विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा बैंककमा रहेका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। इन्स्टिच्यु... ...

नेपालखबर
नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
ताजा खबरJust now

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play