Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न

प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न

10/14/2026, 3:47:41 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न

जापानका लागि प्रस्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदुत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच चर्को बहस भएको हो । नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दंगालले नेपालको संविधानको धारा २९१ को व्यवस्था स्मरण गराए । उक्त धाराअनुसार विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्ति कुनैपनि संवैधानिक वा कूटनीतिक नियुक्तिमा अयोग्य हुने तर पीआर त्यागेको कम्तीमा तीन महिना व्यतीत भएपछि मात्र नियुक्तिका लागि बाधा नपर्ने संवैधानिक सीमाबारे उनले प्रष्ट पारे । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले थापाले गत २५ मार्च २०२४ मा टोकियो विमानस्थलको अध्यागमनमा पीआर त्यागेको घोषणा गरेको र सरकारले २२ जेठ २०८१ (५ जुन २०२४) मा प्रक्रिया अघि बढाएकाले तीन महिनाको समयावधि बल्लतल्ल पुगेकोतर्फ ध्यानाकर्षण गराए । करिब २५ वर्ष जापानमा बिताएका थापाको त्यहाँ व्यक्तिगत व्यवसाय, सम्पत्ति, सेयर तथा वित्तीय दायित्व हुनसक्ने उल्लेख गर्दै सांसद विष्टले भने, ‘राजदूतका रूपमा काम गर्दा व्यक्तिगत स्वार्थ र राष्ट्रिय हित बाझिने अवस्था आउनुहुँदैन । कार्यकाल सकिएपछि तपाईं स्वदेशमै फर्किनुहुन्छ कि फेरि जापान नै बस्नुहुन्छ, त्यसको स्पष्ट आधार के छ ?’ नेकपा सांसद वर्षमान पुनले परिवारका सदस्यहरूको विदेशी हैसियतका कारण भविष्यमा जापान सरकारबाट ‘एग्रिमो’ आउन समस्या हुनसक्ने आशंका व्यक्त गरे । विगतमा भारतका लागि प्रस्तावित राजदुत राम कार्कीको श्रीमती आसाम सरकारको कर्मचारी भएका कारण एग्रिमो नआएको नजिर स्मरण गराउँदै पुनले कुटनीतिक मर्यादामा आँच आउन नदिन सचेत गराए । पुनले राज्यका अवसर पाउनासाथ हतारहतार पीआर त्याग्ने र पछि फेरि विदेशकै बाटो समात्ने प्रवृत्ति राष्ट्रहितविपरित भएको टिप्पणी गर्दै राजदुतजस्तो जिम्मेवार पदमा व्यक्तिगत लाभभन्दा मुलुकप्रतिको निष्ठा प्राथमिक हुनुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल
OthersJust now

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गरेका थिए। उक्त ...

पर्दाफास
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता
OthersJust now

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाण्डु – प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका छन् । नेपाली सेनाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए । भ्रमणका क्रममा उनले बेलायतको […] ...

काठमाण्डुपाटी
कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित
OthersJust now

कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (असोज २८ गते) काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play