Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

10/14/2026, 4:54:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई उनले प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरेका थिए।

यस किसिमको भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि कायम रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु
OthersJust now

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना ...

पर्दाफास
सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च
OthersJust now

सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च

विकास खर्चको ठूलो हिस्सा अन्तिम महिनामा हुँदा समग्र बजेट खर्चको हिस्साको भार नै अन्तिम त्रैमासमा अधिक देखिन्छ । ...

अनलाइन खबर
भारतबाट फर्किएपछि गृहमन्त्री गुरुङले भने : ‘अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो हुनुपर्छ’
OthersJust now

भारतबाट फर्किएपछि गृहमन्त्री गुरुङले भने : ‘अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो हुनुपर्छ’

काठमाण्डु- गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नेपालको भावी पुस्ताको सुरक्षित भविष्यका लागि महत्वपूर्ण रहेको बताएका हुन् । ‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play